सत्ति / वैशाख ३० गते स्थानीय तहको चुनाव नजिकिँदै गर्दा टीकापुर लगायतका विभिन्न क्षेत्रमा राजनीतिक दल चुनावकाे आन्तरिक तयारीमा जुटेका छन् । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् ।
सरकारले वैशाख ३० मा स्थानीय तहकाे निर्वाचन मिति ताेकेपछि निर्वाचन आफ्नो पक्षमा पार्न यतिबेला राजनीतिक दल समुदाय स्तरमा संगठन निर्माणका लागि जुटिरहेका छन् ।
निर्वाचन आयोग समेत चुनावी तयारीमा जुटि रहेकाे बेला टीकापुर नगरपालिकामा मतदाताको संख्या कति छ भनेर आम चासोको बिषय समेत बनिरहेको अवस्था छ । निर्वाचन आयोगले हाल सम्मको मतदाता संख्या सार्वजनिक गरेको छैन । यद्यपि आयोगको वेभसाइटमा २०७७ पौष मसान्त सम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या ५० हजार ४ शय ८१ रहेको छ ।
वेभसाइटमा उपलब्ध तथ्यांकका अनुसार सबैभन्दा बढी वडा नं. १ मा २० हजार १ सय ५४ मतदाता रहेका छन् भने सबैभन्दा कम वडा नं.९ मा छन् ।
वडा नं. २ मा ५ हजार १ सय, वडा नं. ३ मा ३ हजार २ सय ६८, वडा नं. ४ मा ३ हजार २ सय ५८ मतदाता रहेका छन् ।
त्यस्तै वडा नं. ५ मा ४ हजार ८ सय २३, वडा नं. ६ मा ३ हजार ३ सय ५७, वडा नं. ७ मा ४ हजार ४ सय ७३ , वडा नं. ८ मा ३ हजार ६ सय ७० र वडा नं. ९ मा २ हजार ३ सय ७८ मतदाता रहेका छन् ।
यही तथ्यांकलाई आधार मान्ने हो भने टीकापुरमा कुल ५२ हजार बढी मतदाता हुने अनुमान गरिएको छ ।