लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

माओवादी बर्दगोरिया द्वारा सहिद, घाइते, अपाङ्ग,र बेपत्ता परिवार सम्मानित

हिक्मत वादी ,मुडा / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटीले २७ औ जनयुद्ध दिवसको अवसर पारि बर्दगोरिया गाउँ पालिकाका ६ वडाका ६५ जना शहिद, घाइते, अपाङ्ग, र बेपत्ता परिवारलाई दोसल्ला आेढाइ सम्मान गरेको छ।

बर्दगोरिया २ का वडा अध्यक्ष तथा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष भिखु चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सभापति बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद रहेका थिए । प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सदस्य तथा कैलाली जिल्ला क्षेत्र न २ ( ख) सान्सद नन्द बहादुर साउद राजेन्द्र रहेका थिए ।
बिसिस्ट अतिथि सुदूरपश्चिम प्रदेश सदस्य गणेश राज गिरी रहेका थिए भने अथितिमा सुदूरपश्चिम प्रदेश जेष्ठ कम्युनिष्ट मन्च सदस्य गजेन्द्र बिक
वाइसीएल प्रदेश सदस्य राजेश सोप
बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष लौटन चौधरी
दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष ध्वज सुनार रहेका थिए ।

कार्यक्रममा माओवादी केन्द्र बर्दगोरिया गाउँ पालिकाका ६ वटै वडाका कार्यकर्ता,सहिद, घाइते, अपाङ्ग र बेपत्ता परिवारको सहभागिता रहेको थियो। यसैगरी बौनिया बजार व्यवस्थापन समिति ले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दगोरिया गाउँकमिटीको २७ औ जनयुद्ध दिवस को कार्यक्रममा एक सुत्रिय माग राखि माननिय साँसद साउदलाई ज्ञापन पत्र बुझाएका छन्। बौनिया बजार क्षेत्रमा ढलनिकासको ब्यवस्थापन नहुदा बजार दुर्गन्धित भएको हुँदा छिटोबजारको ढलनिकासको ब्यवस्थापन गर्न बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमर बमले साउदलाई ज्ञापन पत्र बुझाएका थिए ।


प्रकाशित : २०७८ फाल्गुन २ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप