लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सिएमसी कैलालीको प्रथम साधारण सभा सम्पन्न जैशीको अध्यक्षतामा नयाँ समिती निर्वाचित

साडेपानी,  कैलाली स्थित सहकारी संस्थाका व्यवस्थापकहरुको साझा संस्थाको रुपमा स्थापना भएको कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीको प्रथम वार्षिक साधारणसभा शनिबार कैलालीको घोडाघोडी नगरपालिका स्थित तिला कर्णाली बचत तथा ऋण सहकारीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको साधारणसभाको उद्दघाटन सत्रमा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार गोकुल प्रसाद बोहरा प्रमुख अतिथि रहनुुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले सरकारी, निजी तथा सहकारी क्षेत्र मिलेर मुलुकलाई विकासको गतिमा अघि बढाउने सरकारको नीति अनुरुप सहकारी क्षेत्रपनि एक खम्बा भएकोले देश विकासको एक तिहाइ जिम्मा सहकारी क्षेत्रले लिुन जरुरी रहेको बताउनुभयो । सहकारी संस्थाहरुले लाखौ करोडौं मुनाफा आर्जन गर्नुभन्दा सदस्यहरुको सेवामा बढी ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । सिएमसीले कैलाली मात्र नभएर समग्र सुदूरपश्चिमको सहकारी अभियानलाई मजबुद बनाएर अगाडी लैजाने कार्यमा टेवा पुगाउनेमा विश्वास व्यक्त गर्दै बोहराले सहकारी ऐन नियमावलीले निर्दिश्ट गरेका विषयहरुलाई अक्षरशः पालना गरेर अगाडि बढ्न सझाव समेत दिनभएको छ ।
कार्यक्रममा नेफ्स्कुनका संचालक माधव प्रसाद जोशी तथा राष्ट्रिय सहकारी बैंकका संचालक शिवा थापा विशिष्ट अतिथि रहनुुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघ कैलालीका संचालक तथा टीकापुर सहकारी संजालका अध्यक्ष बद्रि प्रसाद भट्राई, लम्की चुहा सहकारी संजालका अध्यक्ष खगेन्द्र प्रसाद धमाला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभाले संस्थाको आव २०७७÷०७८ को आय÷व्यय विवरण तथा आव २०७८÷०७९ को बजेट तथा योजना समेत पारीत गरेको छ ।
साधारणसभाले टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छबिलाल जैशीको अध्यक्षता आगामी २ वर्षिय कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।
समितीका उपाध्यक्षमा तिलाकर्णाली बचत तथा ऋण सहकारीका व्यवस्थापक लालबहादुर भण्डारी र अन्नपूर्ण बचत तथा ऋण सहकारीका व्यवस्थापक नवराज न्यौपाने निर्वाचित हुनभएको छ । त्यसैगरी महासचिवमा आदर्श बहुउदेश्यीय सहकारीका व्यवस्थापक रुद्र प्रसाद खनाल, सचिवमा नोबेल बचत तथा ऋण सहकारीका व्यवस्थापक नरेन्द्र टमट्टा र कोषाध्यक्षमा मानाङक बचत तथा ऋण सहकारी संस्था अत्तरीयाका व्यवस्थापक प्रकाश कुमार जोशी निर्वाचित हुनभएको छ । त्यसैगरी सदस्यहरुमा एकता प्रगतिशिल बचत तथा ऋण सहकारीका व्यवस्थापक शेर बहादुर बोगटी, चुलिमालिका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णु प्रसाद उपाध्याय, संगम बहुउदेश्यीय सहकारीका व्यवस्थापक अमर कुँवर, नमस्ते बचत तथा ऋण सहकारीका व्यवस्थापक विजय चौधरी र सुदूरपश्चिम बहुउदेश्यीय सहकारी सहकारीका व्यवस्थापक टीकाराम जोशी निर्वांंचित हुनुभएको छ ।
संस्थाले निकट भविष्यमा सहकारी सम्बन्धि उच्च स्तरिय तालिमको आयोजना गर्ने जनाएको छ ।


प्रकाशित : २०७८ फाल्गुन ७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप