अन्धविश्वास भन्नाले कुनै कुरा बिना विचार गरेरै “होत भनेर पत्याउनु” हो।अन्धो जस्तो भएर त्यसै पछि लाग्नु,नसोचि मान्नु,विवेकशुन्य धारणा, संभव-असंभव बिचार नगरि मान्नु आदी! संसारमा जॅंहा पनि अन्धविश्वास मान्ने त हुन्छन् नै तर फरक कति मान्ने वा नमान्नेमा हुन्छ।फेरी अन्धविश्वास भन्ने कुरा जति सानो उमेरमा दिमागमा घुसाईदियो उति नै ठुलो हुंदैजांदा गाढा हुदैं जाने रहेछ,अन्जानमा पनि हो है जस्तोलाग्ने।
लेखक : भिम विक हामी कतिले हातले घांटीमा छुन पुगेमा,हातलाई फु फु गरेर फुक्छौं। कारण चाहीं फु नगरेमा घांटीमा गलगांड आउॅंछ भनेर सानैदेखि सुन्दै आएकोले हो।हामीलाई थाहा छ शरीरमा आयोडिनको कमीले गांड आउॅंछ भन्ने तर हात फुक्न छोड्दैनौं। त्यस्तै कुनै कुनै अन्धविश्वास मान्ने हुंदा त कहिलेकाहीं आपतमा परिन्छ। अगाडीबाट बिरालोले बाटो काटे । हामी रोकिन्छाैं । अन्धविश्वासलाई समय सॅंग सॅंगै परिमार्जित पनि गर्दै लग्नु पर्छ। नेपाली चलन अनुसार कोही यात्रामा निक्लन लाग्दा मुल ढोकाको दुईतिर घडामा पानी राख्ने चलन छ।शुभ साईत हुन्छ भनेर।यात्रा गर्नेले मान्यजनबाट साईतको टिका लगाई,दुई घडामा केही पैसा चढाई, पानी छोएर निक्लन्छन्। अनि घरबाट निक्लेको यात्री गन्तव्य नपुगे सम्म घडा त्यतिकै ढोकाको दुईतिर राख्ने चलन छ। केही गरेर ढोकामा राखेको पानी पोखिएमा उल्टै यात्री गन्तव्य स्थल सम्म सुरक्षित नपुगुन्जेल मानसिक तनावमात्र हुन्छ। केही चलनचल्तिका अन्धविश्वास जुन मान्नुमा कुनै अर्थ नै हुन्न तर पनि मानी रहेछका हुन्छौ ।
सराध्यमा बिरालो बान्ने : उहिले बिरालोले खाईदेला,पोखाईदेला चढाउने सामान भनेर बांधे होलान्।अहिले पनि कतिलेत पितृको काम गर्दा बिरालो बांध्नुपर्ने नै रहेछ भनेर खोजेर बांध्ने गर्छन।
खुर्सानी हातमा नदिने : खुर्सानी हातमा दिए,लिने र दिनेको झगडा पर्छ भनेर दिने गरिन्न।अब झगडा के केमा पर्छ,दोष खुर्सानीलाई !
राती घर भित्र नङ नकाट्नु : बुढापाका भएको घरमा राती नंग काट्दा त गाली गरेर सातो लिन्छन्। अलच्क्षिन लाग्छ भन्छन्। उहिले घरमा खाने,सुत्ने, बस्ने एकै ठाउॅंमा हुने र बिजुली बत्ती पनि नहुनालेअध्यारो हुने। अब नङ काट्दा उछिट्टिएर खानामा पर्ला भन्ने डर ! बरू अलच्छिन लाग्छ भनिदिए काट्दैनन् भनेर भने होलान्। त्यस्तै राती घरभित्र कपाल पनि कोर्न दिनन्। कपालको गुजुल्टो सागको तरकारीमा आउन सक्छ भनेर हो कि ।
विवाहित महिलाले बिहिवार ननुहाउनु र छोराको आमाले शुक्रवार पनि :अब उहिल्यै घरमा धारा नहुने,नुहाउन तल खोलातिर जानु पर्ने बाध्यता।पानी बचाउन साथै महिला नुहाउन धेरै जालान र घरको काम गर्ने कोही नहोलान् भनेर भनिएकाे होला ।
उल्टो चप्पल,जुत्ता देखे दिन बिग्रने:ओहो,यो बिचार त हाम्रो दिमागमा यसरी पसेको छ की,उल्टो देखे जो कोहीले पनिसुल्टो पार्छाैं । त्यस्तै अरूले उल्टो लुगा लगाएको देखे, देख्नेलाई अशुभ र आफुले लगाएको देखे चाहीं शुभ भन्छन्।
खाने बेलामा नबोली खानु : खानेबेलामा आफु भन्दा ठुलोको अगाडी बोल्ने, हांस्ने गरे गाली खाईन्छ। ईज्जत नगरेको हुन्छरे! खासमा त्यो होईन ! खाना सर्किन सक्छ बोलेर, हांसेर खांदा भनेर रोक्नलाई त्यसो भनेको होलान्। त्यस्तै खाना उछिट्टिएर जुठो अर्कोको खानामा पनि पर्न सक्छ। हुन पनि खाना सर्केर नराम्रो घटना भएको पनि सुनिन्छ।
हाक्छिंउ गरेको सुनेमा बाहिर निक्लन लागेका पनि एकछिन रोक्किन्छौं। अशुभ मान्छौं। तिनजना एकैपटक निक्ले साईतबिग्रन्छ भन्ने गरिन्छ।घर भित्र सुसेल्न दिन्नन्। शनिवार लामो यात्रामा ननिक्लनु, मंगलबार भेट्न नजानु,छोरीको घरको खाना त केर,पानी सम्म पनि नपिउनु,भारा लाग्छ भन्छन् बुढापाका ! औंशी,पुर्णेमा केही शुभ कार्य नगर्नु,दाहिने दातचिलाए पैसा आउंछ,देब्रे चिलाए जान्छ। त्यस्तै दाहिने आंखा फर्फराए राम्रो,देब्रे नराम्रो,अझ नफर्फराओस् भनेर थुकलगाएर सानो कागज टांस्ने गरिन्छ। हिक्क,बाडुली आए कसले संम्झ्यो भनेर धमाधम नाम लिन थाल्छौं।घाटीं खसखस गरे कसले कुरा काट्यो भन्छौं। आमाहरू चसक्क छाती चर्के,ओहो संतानलाई बिसंन्चो पो भयो की सोच्छन्।अझ सपनामा विश्वास मान्ने त कति हो कति !
कुनै अन्धविश्वास चाहीं धार्मिकतासॅंग पनि जोडिन्छ। तर जसको बैज्ञानिक आधार पनि हुन्छ।
ग्रहण लागेकोबेला केही नगर्ने : सुर्य वा चन्द्र ग्रहण लागेकोबेला घरबाट बाहिर ननिक्लनु,सुर्यलाई नांगो आंखाले नहेर्नु ,खाना नपकाउनु पाप लाग्छ आदी भनिन्छ। बैज्ञानिक हिसावले पनि ग्रहण लाग्दा बिभिन्न किसिमको मनुष्यलाई हानी गर्ने हानीकारक तत्व निक्लेको हुन्छ।सुर्यको किरण त ग्रहणकोबेला यति घातक हुन्छ। सुर्यलाई सिधै हेर्दा आंखाको रेटिनामाअसर गरेर आंखाको ज्योति पनि गुम्न सक्छ।बरू हेर्न मन लागे थालमा पानी राखेर सुर्यलाई हेर्ने वा सनलाईट प्रोटेक्ट हुनेचस्मा लगाएर हेर्न सकिन्छ। तर नहेरेकै ठिक!
हामी केटाकेटी हुंदा ग्रहण सकिएपछि सबैले नुहाउनु पर्थियो।हुन त अहिले पनि नुहाउने चलन छ।नुहाउनुको कारण ग्रहणलेछोएकोले शुद्ध हुनुपर्छ भनेर हो।कुरा त ठिक हो,ग्रहणको बेला निक्लेको बिकिरण शरीरबाट सफा गर्नै पर्याे ।
ज्योतिषी देखाउने :कहिलेकाहीं जति मेहेनत गर्दा पनि सफलता मिल्दैन।अरूलाई जति राम्रो गर्दा पनि नराम्रो नै भईदिन्छ।“बोल्यो की पोल्यो” भने जस्तो कहिलेकाहीं राम्रो कुरा गर्दा पनि उल्टो हुन्छ।मन अलिक निरास जस्तो हुन्छ र पुग्छौं जन्मकुण्डली वा चीना बोकेर ज्योतिषीकोमा देखाउन।चीना हेरेर जान्ने ज्योतिषीले धेरै कुरा मिलाउॅंछन्। कतिले बिभिन्न पथ्थर ( स्टोन ) रूबी,हिरा,मोती,निलम,पुष्पराज आदीको औंठी हातको कुनै औंलामा सुन वा चांदीमा बनाएर लगाउनु, ग्रह ठिक हुन्छ भनिन्छ ।
खासमा पथ्थरमा बिभिन्न किसिमको शक्ति हुन्छ भन्ने कुरा परापूर्वकालदेखि ग्रीक सभ्यतामा पनि मानिदैं आएको रहेछ।स्वंयम्वरमा देव्रे हातको साहिंली औंला वा रिंग फिंगरमा हिराको औंठी लगाईदिने चलन छ।त्यसरी लगाउनुको कारण त्यो औंलाको नशा सिधै मुटुमा जोडिएको हुने रहेछ।त्यस्तै हल्का निलो रंगको एक्कुमरीन (Aquamarine) ले मन शान्त पार्छ, रेड रूबी प्यारको प्रतिक हो। कहिलेकाहीं कतिले ज्योतिषीको कुरा मानेर बिभिन्न ग्रह शान्तिको पूजा,लाख बत्ती बाल्ने,ब्रत बस्ने, शंकटा, महांकाल,बगलामुखी मंन्दिरतिर जप गराउने, सोमबार, मंगलबार माछा मासु नखाने पनि गर्छन्।कति मान्ने वा न मान्ने त्यो मान्छे अनुसार फरक हुन्छ।
बुढाबुढीको ८४ पूजा गर्ने :आजकल त कुनैबेला नेवारी समुदायले मात्र गर्ने ८४ पूजा वा जंख्खु,अरू समुदायले पनि गर्नशुरू गरेका छन्। “हजार जुनी” भन्छन नी, मान्छेले ८१ बर्ष पुरा गर्दा सम्ममा हजारवटा पूर्ण चन्द्रमा देखिसकेको हुन्छ। तेहीहजार चन्द्रमाको दर्शन लाई हजार जुनी पार गरेको मानेर चन्द्रमाको पूजा गर्नुलाई ८४ पूजा भनिने रहेछ। बिभिन्न पण्डितले,बिभिन्न किसिमले पूजा गराउॅंछन्।कति बुढाबुढीले त्यसैबेला तराजुमा एकातिर आफु र अर्कोतिर त्यतिनै तौलबराबर अन्न,फलफूल, पैसा राखेर दान दिन्छन् ।कतिले गाई दान आदी दिने गर्छन।यी सबै गरेपछि यो जुनी पार भयो भन्ने हो। कति बुढाबुढी चाहीं ८४ पूजा गरेपछि मरिन्छ भनेर गर्न नमान्ने पनि हुन्छन्।
अमेरिकामा चाहीं बिरालोले बाटो काटे अशुभ र नंबर १३ लाई चाहीं निक्कै अशुभ मान्ने,सोच्ने रहेछन्।अग्लो भवनमा १३ तल्ला हुन्न,१३ नंबरको कोठा होटेलमा हुन्न। त्यस्तै शुक्रवार अनि १३ गते परेमा बिहान देखिआज के अशुभ हुनेहोला भनेर गनगन गरेको सुनिन्छ। घर वा समाजबाट सॅंधैको लागि अन्धविश्वास हटाउन चाहने हो भने साना केटाकेटीको दिमागमा आफुले मान्ने गरेका अन्धविश्वास सानैदेखि नथुपारिदिनुस्।कुनै कुरा थाहा नै नपाएपछि,उनीहरू त्यो मान्ने नै छैनन्।
संकलन : भिम वि. क.