लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस झुँगामा मनाइयो

मञ्जु  वि. क. झुँगा ,२४ फागुन / टिकापुर नगरपालिका वडा नम्बर ९ झुँगाा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ मनाइएको ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी वडा नम्बर ९ मा कार्यरत संस्थाहरु शान्ति पुनर्स्थापना गृह, साना हात नेपाल ,भानुभक्त आधारभुत विद्यालय , स्वस्तिक साना किसान सहकारी , धनसिंहपुर कृषि सहकारीको आर्थिक सहयोग र वडा नम्बर ९ काे सह आयोजनामा भएको उक्त कार्यक्रमकाे आयोजक वडा स्तरीय महिला संजाल रहेको थियो ।
वडा स्तरीय महिला संजालकाे अध्यक्ष गाेमा साउँदकाे अध्यक्षतामा वडा नं ९ को प्राङ्गणमा आयोजित गरिएको कार्यक्रमकाे प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नं ९ का अध्यक्ष लाैटन चाैधरि रहेका थिए ।
कार्यक्रम सहित डेउडा गीत, कविता समेत प्रस्तुत गरिएको वडा स्तरीय महिला संजालकाे अध्यक्ष गाेमा साउँदले जानकारी दिईन् । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता, महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तनले महिलामा पारेको असर जस्ता विषयहरू समेटेर डेउडा गीत, कविता प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालको संविधानमा महिलाको हकलाई प्राथमिकता दिएको र त्यसको सफल कार्यान्वयनमा सबै पक्षको महत्त्वपूर्ण भूमिका हुने कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा ९ का अध्यक्ष लाैटन चाैधरिले जाेड दिएका थिए ।
ग्रामीण परिवेशमा अझै पनि महिला पछि पारिएको परिस्थितिलाई उल्लेख गर्दै शिक्षामा पहुँच बढाउन उनलेे जाेड दिइएका थिए ।
महिला हिंसा अन्त्यका लागि पुरुषको सहयोग अनिवार्य रहेको वक्ताहरुले बताइएका थिए ।
हिजोआज महिलाले नै महिला माथि हिंसा गरेका थुप्रै घटनाहरू देखिने गरेकोले त्यस किसिमका गतिविधिलाई समेत रोक्न आवश्यक रहेको बताइएको थियो ।
हिंसा विरुद्ध घरघरबाटै जागरूक हुनुपर्ने कार्यक्रमकाे विशिष्ट अतिथि भानुभक्त आधारभूत विद्यालयका प्रधानाध्यापक माया साउँदले बताउनु भएको थियो । कार्यक्रमकाे संचालन मुना घर्ती मगरले गरेकि थिइन् । यसैगरी टिकापुरमा विभिन्न दल र संस्थाले यो दिवस मनाएका छन् ।


प्रकाशित : २०७८ फाल्गुन २४ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप