भिम वि. क./ आगामी वैशाष ३० गते हुने स्थानिय तहको निर्वाचनले गाउँ देखि शहर सम्म चुनावी सरगर्मी बढेको छ ।
पुर्वी कैलालीको टीकापुर र जानकि गाउँपालिकामा पनि विभिन्न दलका नेताहरु आफ्नो दलले कसरी चुनाव जित्ने हो त्यो रणनिति तयारी गर्दैछन् ।
केहि महिना अघि मात्र दर्ता भएको रेशम चाैधरिकाे पार्टी भनेर चिनिने नागरिक उन्मुक्ति पार्टीले यसपटकको स्थानीय तहको चुनावमा गतिलो प्रतिस्पर्धामा आउने देखिन्छ । किनकी वि.सं.२०७२ सालको घटना घटेको क्षेत्र हो टीकापुर । सो घटनामा कैयन थारु समुदायका व्यक्ति झुठो मुद्दा लगाएर अझै जेलमा सडाएकाे थारु अगुवाहरुकाे भनाइ छ । थारु समुदायले अन्यायमा परेको महसुस गरेको छ । तसर्थ साे मुद्धालाई रेशम चौधरीको दलले चुनावी एजेन्डाका रुपमा लिएको छ र टिकापुर र जानकि गाउँपालिका थारु बहुल क्षेत्र पनि भएको हुनाले थारु समुदायको धेरै जसो मत रेशमको दलमा जाने आंकलन गर्न सकिन्छ । यसकाे पुस्ट्याईं गत संघीय संसदकाे चुनावकाे नतिजाले पनि प्रष्ट पारेको छ । अहिले पनि थारुकाे सेन्टिमेन्ट रेशम प्रति रहेको छ । यहि सेन्टिमेन्ट प्रयोग गर्दै २०७२ को घटनालाई थारु बहुल क्षेत्रमा ब्युँताउँदै पहिचान ,जातीय ,क्षेत्रीय र भाषिक उत्पिडनकाे गुलियो नारा लगाएर अधिकाँश थारु समुदायको मत रेशमको दलले लिने देखिन्छ । जनताले सांसद बनाए, अदालतले कैदि बनायो अनि सरकारले जंजिर लगायाे । भन्दै फेरि थारु समुदायमा अबकाे धक्का मतदान बाट दिनुपर्नेछ भन्दै रेशम सम्वद्द दलका नेता गाउँमा पुग्दै छन् ।
कैलाली क्षेत्र नं १ का माननीय रेशम चौधरीले पार्टी खोले पछि थारु समुदायमा एक खालको कौतुहलता र जोश थपिएको छ । यहि अवस्थामा यो दल प्रति विशेषगरी थारु समुदायको आकर्षक देखिएकोले अन्य दलले पनि रणनिति बनाउँदै छन् कि टीकापुरमा चुनाव एक्लै लड्ने की गठबन्धन बाट लड्ने भनेर ।
जेल जिवन बिताईरहेका रेशम प्रति थारु समुदायको भावनात्मक सम्बन्ध छ । रेशम चौधरीको दलमा अधिकांस थारु युवा त्यहि लाग्ने अनुमान यतिखेर गर्न थालिएको छ । ठूला पार्टीमा थारु समुदायका युवाहरु अति कम देखिनु र रेशमको पार्टीका कार्यक्रममा ति युवा देखिनुले उनीहरुको भावनात्मक सम्बन्ध प्रष्ट झल्किन्छ । त्यसमा अझ चुनाव चिञ्ह ढकिया भएकोले सजिलो हुने देखिन्छ । ढकिया थारु समुदायको जन्म देखि मृत्यु संस्कार सम्म काम लाग्ने बस्तु हो अर्थात ढकिया थारुको पहिचान हो । थारु समुदायका अगुवाले ठूला पार्टीबाट थारुको मुद्धा र समस्या समाधान हुँदैन भन्न थालिसके । २०७२ सालको अधिकार माग्दा भएको घटनालाई बिचैमा छोड्नेलाई थारु समुदायले पत्याउने कुरै भएन भनेर थारु बुद्धिजीवि नेतृत्वले भन्न थालिसकेको अवस्था छ । उनीहरुको कुरालाई मान्ने हो भने ठूला दलका केही निश्चित ठालू नेता मात्र रहने छन् । थारु समुदायको नाममा नाफा खान पल्केकालाई थारुको बारेमा केही मतलब छैन भनेर आक्रोस प्रकट गर्न थालेका छन् । तथापि नयाँ दलको रुपमा दर्ता भएको रेशम चाैधरिकाे दललाई पनि अनेकौं चुनाैति पक्कै छन् । गाउँगाउँमा संगठन नहुनु ,केही मात्र परिपक्व नेता कार्यकर्ता मात्र हुनु र चुनावमा थारु समुदायको उम्मेदवार दिएर मात्रै विशेषगरी थारु मतदाताले पत्याउँछन् भन्ने साेचले मतदाताले विस्वास गर्छन् भन्ने होइन । थारु भन्नेबित्तिकै सबै थारु समुदायको मत आउने चाहिँ होइन । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार समाजका सहयोगी ,सामाजिक रुपान्तरण परिवर्तनकाे पक्षधर ,जातीयता भन्दा माथि उठ्न सक्ने ,कानुनको पालना गर्न सक्ने , उच्च नैतिक छवि भएको हुनुपर्नेछ । भने थारु समुदाय एक भएर रेशम चौधरीले खोलेको पार्टीलाई सहयोग गर्ने हो भने कैलालीको राजनीतिमा कित्ता काट हुन्छ । पुर्वि कैलालीको टीकापुर र जानकिका अन्य ठुला दलहरुलाई यस पटकको स्थानिय चुनाव फलामको च्युरा सावित पनि हुन सक्ने देखिन्छ । रेशमको दललाई सामरिक महत्वका कारणले पनि टीकापुर र जानकि गाउँपालिकामा जित हासिल गर्नुपर्ने दवाव पनि छ ।