सत्ति / मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको उम्मेदवारी दिन चाहने व्यक्तिलाई उम्मेदवारीको लागि आव्हान गरेको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ६ र ७ काे वडा समितिकाे कार्यालयले आइतबार यस्तो सुचना जारि गरेको हो ।
आइतबार साँझसम्म काँग्रेस समर्थित कार्यकर्तालाई आफू उठ्न चाहेको पदमा उम्मेदवारी सहित सिफारिस शुल्क समेत बुझाउन टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा समिति सचिव लव कुमार वैद्य द्वारा जारि गरिएको सुचनामा उल्लेख गरिएको छ ।
वडा नम्बर ६ काँग्रेसका सचिव सुमन कुमार वड द्वारा हस्ताक्षरित विज्ञप्तिमा इच्छुक उम्मेदवारले हस्तलिखित निवेदन ,दुई प्रति फाेटाे, मतदाता नामावली नम्बर ,नेपाली नागरिकताकाे प्रतिलिपी ,काँग्रेसकाे क्रियाशील सदस्यता नम्बर र आवश्यक दस्तुर सहित आज साँझ चार बजेसम्म दरखास्त आव्हान गरेको छ ।