लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

निर्वाचन आचारसंहिता बारे दलका प्रतिनिधि लाई अभिमुखिकरण ।

सत्ति /  निर्वाचन अधिकृतको कार्यालय टिकापुरले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आचार संहिता बारे जानकारी गराएको छ ।
शनिबार टीकापुरका निर्वाचन अधिकृत पुष्कर खडकाले निर्वाचनमा भाग लिने तयारीमा रहेका राजनीतिक दलका प्रतिनिधि र पत्रकारलाई आचार संहिताबारे जानकार गराएका हुन । निर्वाचन अधिकृत खडकाले वडा सदस्य देखि सबै कर्मचारी र मतदाता समेतलाई आचारसंहिता लाग्ने बताए ।
निर्वाचन अवधिभर मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यले कुनै पनि दलका उम्मेदवार को प्रचारप्रसार गर्न नपाइने बताए ।
आचार संहितामा सबै सरकारी र अर्ध सरकारी संस्थाका कर्मचारीले कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा मत माग्न, कुनै सूचना सामग्री पोष्ट गर्न वा शेयर गर्न नपाइने व्यवस्था गरेको छ । यस्तै सञ्चार माध्याम र पत्रकारले कसैको पक्ष विपक्षमा फेसबुक, ट्विटर, यूट्यूव  तथा सामाजिक सञ्जाल मा शेयर लाइक कमेन्ट गर्न नपाइने व्यवस्था गरेको छ ।
राजनीतिक दलले सवारी साधन प्रयोग गर्दा मोटरसाइकल, रिक्सा वा चार पाँग्रे गरी बढीमा दुई वटा मात्रै प्रयोग गर्न पाने व्यवस्था गरेको छ । आयोगले जारी गरेको आचार संहितामा राजनीतिक दलका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनको काम बैशाख ११ र १२ गते विहान १० बजेदेखि ५ बजेसम्म हुने व्यवस्था मिलाएको छ । मनोनयन दर्ता गर्दा प्रमुख, उपप्रमुखका लागि १ हजार ५ सय, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय शुल्क तोकिएको छ ।
कार्यक्रममा एमाले, काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,  मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रतिनिधि र स्वतन्त्र उम्मेदवार उपस्थित थिए । कैलालीमा ३० वटा दल दर्ता रहेको जानकारी गराइएको थियो ।


प्रकाशित : २०७९ बैशाख ११ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!