लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मेरो जितमा ढुक्क छु : रामलाल डगाैरा

टिकापुर / स्थानीय तहको चुनावमा रेशम चाैधरिकाे भनिने पार्टीबाट टिकापुर नगरपालिकाकाे मेयङपदमा रामलालले उम्मेदवारी दिएका छन् । उनी यस अघि उनि वडा अध्यक्ष भैसकेका हुन ।
कस्ता छन् उनका योजनाहरू ? के छ जितको आधार ? प्रस्तुत छ मेयर उम्मेदवार रामलाल डगाैरा गरिएको कुराकानी :
– कस्ता एजेन्डामा मतदाता फकाइरहनुभएको छ ?
स्थानीय तहको निर्वाचन भएको हुँदा स्थानीय एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छौं । उहाँहरूको दैनिकी जनजीविकाका कुरालाई प्राथमिकता दिएर अघि बढेका छौं । उहाँको समस्या बुझिरहेका छौं ।
टिकापुर नगरपालिकालाई कसरी समृद्ध बनाउने, कसरी सुन्दर गराउने, विकास निर्माणको कुरालाई कसरी अघि बढाउने भन्ने योजना लिएर घरदैलो अभियान सुरु गरेका छौं ।
– घरदैलोमा गएका बेला मतदाताका माग के पाउनुभयो ?
एकदमै सकारात्मक अपेक्षा पाइरहेको छु । उहाँ पनि हाम्रो प्रतिनिधित्व हुन थालेको भन्दै उत्साहित हुनु भएको छ । हामीलाई थप ऊर्जा पनि दिइरहनुभएको छ । अर्काे कुरा, अहिलेसम्म भ्रष्टाचार, अनियमितता लगायत कुनै पनि दाग लागेको छैन । जनताको माझ यतिको मान्छे आउँदा हाम्रो नगरपालिकाको मुहार फेरिन्छ भन्ने विश्वास लागेको छ ।
– गठबन्धन विरुद्ध तपाईं मैदानमा हुनुहुन्छ । उत्साह उमङ्गमात्रै छ कि चुनौती पनि ?
त्यो गठबन्धनले टिकापुर नगरपालिकामा कुनै असर पर्दैन । हामी बलियो अवस्थामा छौं ।                               गठबन्धन विरुद्ध जित्ने आधार के के हुन् ?
अहिले म पूर्ण विश्वस्त छु । यहाँका जनताप्रति मलाई पूर्ण विश्वास छ । यहाँको जनताको आधारभूत समस्या समाधान गर्न म सक्छु भन्ने उहाँहरूलाई पनि थाहा छ ।
सबै प्रकारका विभेदको अन्त्य गर्न सक्छु । यहाँका सबै प्रकारका समस्या सम्बोधन गर्न म तयार छु । सबै वर्गलाई समेटेर उहाँहरूको प्रतिनिधित्व हुने गरी मैले काम गर्न सक्छु भन्ने कुरा पनि उहाँहरूलाई थाहा छ ।
पहिले जितेको नगर प्रमुखले यहाँको बारेमा धेरै काम गर्न नसकेको कुरा सबैलाई थाहा छ । हाम्रो पार्टीमा सदस्य पनि बढिरहेका छन् । त्यो कारणले पनि विजयी हुन्छु भन्ने छ ।
– चुनाव जित्न समस्या हुँदैन ?
त्यस्तो मलाई लाग्दैन । अहिले हामी एउटा सामूहिक मुद्दा लिएर अघि बढिरहेका छाैं तर, यो जनताको मन जित्ने कुरा हामी एक भएर लागिरहेका छौं । चुनाव जित्ने गरी हामी जनतासामु गइरहेका छौं । हामी सामाजिक चुनौतीसँग जुधिरहेका छौं ।
चुनौतीका बीचमा हामीले अवसर खोज्ने हो र त्यो अवसरलाई आफ्नो व्यक्तिगतभन्दा पनि जनताको हित सोचेर काम गर्दै अघि बढ्नु पर्छ । फेरि यो क्षेत्रमा मात्रै होइन सबै क्षेत्रमा चुनौती छन् । ती चुनौतीहरूलाई डटेर सामना गर्नुपर्छ । आएका चुनौतीलाई चिर्ने कुरामा हामी प्रतिबद्ध छौं । चुनौतीसँग लडेर अघि बढ्ने कुरामा पनि हामी तयार छौं ।

– टिकापुरलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?  सबैभन्दा पहिले यश नगरपालिकालाई समृद्ध नगरपालिका स्थापित गर्ने छु । नगर विकासको गुरुयोजना बनाएर दिगो विकासको थालनी गर्ने कुरामा मैले जोड दिने छु ।माध्यमिक तहको शिक्षालाई निःशुल्क, जीवनोपयोगी र गुणस्तरीय बनाउने कुरामा मैले जोड दिने छु । ज्येष्ठ नागरिकको सन्दर्भमा सुरक्षा बीमा गर्ने कुरालाई पनि मैले जोड दिनेछु । प्रत्येक घरपरिवारलाईस्वास्थ्य बीमा सँग जोड्ने छु ।
– तपाईंको प्रतिस्पर्धी को हो ?
अहिलेको अवस्थामा गठबन्धनको उम्मेदवार मेरो प्रतिस्पर्धा हुने आँकलन गरेको छु ।


प्रकाशित : २०७९ बैशाख २७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप