लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

गठबन्धनलाई भारी मतान्तरले हराउँदै टिकापुरमा नागरिक उन्मुक्तिका डंगौरा विजयी

सत्ति / टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ |
हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो l
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन् । थारुले सत्तारुढ गठबन्धनबाट कांग्रेसबाट मेयरका लागि उम्मेदवारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन् । नवनिर्वाचित थारु टीकापुर–७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।
उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले विजय हासिल गरेका छन् । शाह नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्का देवी विश्वकर्मालाई हराउँदै विजयी गरेका हुन् ।
उन्मुक्ति पार्टीले टीकापुरमा मेयर सहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।
नवनिर्वाचित मेयर थारुले नगरवासीले दिएको अमूल्य मतलाई शिरोधार्य गर्दै सबैलाई मिलाएर शान्ति सद्भाव र समृद्धि तर्फ लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले भने, ‘राजनीतिक र विकेन्द्रीकृत विकासको दृष्टिकोणले टीकापुरलाई राज्यले उपेक्षा गर्दै आएको महसूस हामीले गरेका छौं । हामीले यहाँ शान्ति तथा न्याय र विकास चाहेका छौं । त्यसैले कसैलाई प्रतिपक्ष बन्न दिने छैन ।


प्रकाशित : २०७९ जेष्ठ ५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप