लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरकाे विकासको लागि सबैको हातेमालो आवश्यक छ : मेयर डगाैरा

टीकापुरको साझा अभिभावक बन्छुः रामलाल
टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर रामलाल डगौरा थारुले कार्यभार सम्हालेका छन । उनले मुख्य निर्वाचन अधिकृत समक्ष पद तथा गोपनियताको सपथ लिएपछि आजै कार्यभार सम्हालेका हुन ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाट सम्बोधन हुने गरी तीन वटा प्रस्ताव निर्णयार्थ पेश गरेका छन । जसमा सिटी अफ ग्रिन गार्डेन, शिक्षा क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य र गुणस्तरिय रुपमा विकास गर्न विशेष कार्यक्रम र यातायात सञ्चालन तथा आवागमनलाई प्रभावकारी बनाउन चक्रपथ निर्माण रहेका छन ।
उनले एक समारोहका बीच उपमेयर, नौवटै वडाध्यक्ष र वडा सदस्यलाई सपथ गराएका छन । उपमेयर लगायतको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थारुले टीकापुरको विकासका लागि हातमोलो गर्न आग्रह गरे ।
उनले पक्ष विपक्षको कुरा बैशाख ३० गतेको निर्वाचनसम्म मात्रै सिमित रहेको बताउँदै अब सबैले एकजुट भएर टीकापुरको विकासमा समर्पित हुनुपर्ने बताए । उनले टीकापुरको विकासका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।

उनले स्थानीय तहको निर्वाचन परिणाम पश्चात सबैको ध्यान टीकापुर तर्फ केन्द्रित भैरहेको बताउँदै टीकापुरमा फाटेका मनहरुलाई जोड्न आफू सबैको साझा अभिभावक बनेर देखाउने बताए ।

उनले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै सबैको उद्देश्य टीकापुरको समग्र विकास तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले एकदिन मरेर जाने जिन्दगीमा इतिहास रच्ने जिम्मेवारी आएको बताउँदै सोही अनुसार आफ्नो काम कर्तव्य पूरा गर्नुपर्ने बताए ।

सो अवसरमा उपमेयर खडक शाहले समेत टीकापुरको विकासलाई नै केन्द्रमा राखेर अघि बढ्ने बताए । उनले सबैले टीकापुरको सपनालाई साकार पार्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले सेवाग्राहीले कुनैपनि बहानामा सास्ती खेप्नु नपर्ने गरी काम कारवाही प्रभावकारी बनाउने तर्फ आफ्नो केन्द्रित हुने बताए ।

सो अवसरमा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तथा निर्वाचन अधिकृत पुष्कर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै टीकापुरको भविष्य सँग नाता जोडिएकोले सुन्दर टीकापुर बनाउने जिम्मेवारी काँधमा आएको बताए । कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहले जनप्रतिनिधिले डोर्याए अनुसार अघि बढ्न कर्मचारीतन्त्र तयार रहेको बताए ।


प्रकाशित : २०७९ जेष्ठ १० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप