चढ्दै जाँदा उकालिकाे चिसो हावाकाे स्पर्श भेटियो
बन्द गरि महसुस गर्दा हावामा प्रकृतिको सुगन्ध भेटियो ।।
कुहिराेकाे घुम्टो ओढेकाे पहाडका आँखा छल्दै ।
उग्रतारा माताकाे दरबारमा पुग्यौं तराईको गर्मी भुल्दै ।।
दर्शन गर्न पुगियो महिमा सुनी घटाल बाबाको ।।
ऐसेलु र चुत्राेकाे स्वादले याद आयो ती नि बालापनकाे ।।
खै कसरी बयान गरुँ मेरो देशको साँच्चै नै प्रकृतिले सिंगारिएकाे स्वर्ग नै हो यो संसारको ।।
शैलेस श्रेष्ठ ,टिकापुर -७ नारायणपुर,कैलाली ।
प्रकाशित : २०७९ जेष्ठ १८ बुधबार प्रकाशित