सत्ति / नगरपालिकाले सार्वजनिक स्थानमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा उठाउन एक हप्ताको अल्टिमेटम दिएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट विजयी बनेका प्रमुख रामलाल डंगौराको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक ठाउँमा राखिएका चिजबिज हटाउन निर्देशन दिइएको हो।
‘टीकापुर नगरपालिकाभित्रका सार्वजनिक चोक, चौराहा, ओपन स्पेश तथा बाटोको छेउमा अनाधिकृत रुपमा ढुंगा गिट्टी, बालुवा थुपारेर राख्ने गरेको देखिन आएकाले उक्त ढुंगा, गिट्टी, बालुवा सात दिनभित्र व्यवस्थापन गर्न जानकारी गराएकाे छ । अन्यथा नियमानुसार नागरपालिकाले व्यवस्थापन गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।