✏️चित्रबहादुर चौधरी-
दिनभरि उपर्खुट्टी लाएर सुत्छ चमेरो
फिस्टा झेल्न सक्दैन लाटोकोसेरो
दिनको उज्यालोमा!
चमेराहरु अत्तालिन्छन्
लाटोकोरेसाहरु बहुलाउँछ्न र त,
अन्धकारको कामना गर्दै
सेतु भाँच्चिन्छिन्।
सेतु अर्थात् पुल
दुई युग जोड्ने पुल।
तुइनमै अभ्यस्त यात्रुलाई
कहाँ प्रियकर लाग्छ र सेतु
निशाचरको आँखामा
सेतु भनेकी खलाँती
खलाँती नै सेतु
आखिर सेतु जाबी कमिनी न हो!
प्रकाशित : २०७९ जेष्ठ २१ शनिबार प्रकाशित