लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

हात्तीको आक्रमणबाट टीकापुर एक महिलाको मृत्यू

सत्ति / जंगली हात्तीको आक्रमणबाट टीकापुर वडा नं १ ब्लक नम्बर १५ की एक महिलाको ज्यान गएको छ । कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ साढे छ बजेतिर जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदार हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको रहेछ, ’ नायव उपरीक्षक शाहीले भने, ‘उनीहरुले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुईघण्टा पछि मृत अवस्थामा भेटिइन् ।’ नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्येक्षदर्शीलाई उत्घृत गर्दै शीत्तल सामुदायिक वनका अध्यक्ष सिद्ध ठकुल्लाले बताए ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीले मृतकका दुई छोरा रोजगारीको सिलसिलामा भारतमा रहनु भएको र मृतक अपाङ्ग छोरी पालेर बस्नु भएको थियो । मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको छ ।


प्रकाशित : २०७९ असार ५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप