भिम वि. क.काठमाडौं / भागदाैड, भिडभाड र व्यस्त जिन्दगीमा आरामको लागि फुर्सद निकाल्ने कुरा अहिलेकाे युवा पिंढिलाई कमै हुन्छ । किनकि जहिल्यै कामको बाेझ अनि तनाव हरेक लाई हुन्छ ।
त्यही कामको बाेझले अहिलेकाे पुस्तालेपरिवार आफन्त ,साथीलाई समय दिन सक्दैन । तथापि यही व्यस्त जिवनबाट अलिकति समय निकालेर नजिकैको कुनै रमणीय ,शान्त ठाउँमा सपरिवार ,साथिभाई शीत जाने हो भने जिन्दगी रक्स बन्न सक्छ ।
कामकाे थकान मेटाउने ,मानसिक ,शारीरिक विश्राम लिँदै नानी बाबु ,या साथी संगि सहित रमाउँदा काममा फेरि उर्जा सहित फर्किने , अनुहारमा उज्यालोपना बढ्ने हुन्छ । हिमाली क्षेत्र घुम्दा हिमाली वातावरणकाे जानकारी लिन सकिने,पर्यटकीय क्षेत्र ,शान्त ,प्राकृतिक वातावरणमा घुम्न जाँदा चराचुरुङ्गीकाे चिरबिर, खाेलानालाकाे कलकल आवाज ,सुर्यास्तकाे गाेधुलि साँझले मान्छेको जिवनलाई भरपुर आनन्द दिन्छ । काठमाडौ नजिकैको दहचाेककाे दृश्य । दिउँसोको उज्यालो पाे सबैले हेर्छन् तर साँझकाे गाेधुलि उज्यालो आनन्दी मनले हेर्नुमा कति आनन्द आउँछ । अझै हिजोआजकाे प्रचण्ड गर्मीको समयमा काठमाडौं नजिकैका नगरकोट ,बनेपा ,चन्द्रागिरि ,दहचाेक जस्ता ठाउँबाट सुर्यास्त ,सुर्याेदय नियाल्दा कति रमाइलो हुन्छ । व्यस्त जीवन बाट तनावग्रस्त काम बाट अलिकति समय निकालेर साथीहरू ,परिवारलाई समय दिने हो भने परिवार ,व्यक्ति खुशी ,सुखि हुनुका साथै आन्तरिक पर्यटन बजारलाई पनि टेवा पुग्छ । दहचाेक भ्यु टावर ।