लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

भागदाैडकाे जिन्दगीमा देश देशावर घुमाैं ।( फाेटाे फिचर सहित )

भिम वि. क.काठमाडौं / भागदाैड, भिडभाड र व्यस्त जिन्दगीमा आरामको लागि फुर्सद निकाल्ने कुरा अहिलेकाे युवा पिंढिलाई कमै हुन्छ । किनकि जहिल्यै कामको बाेझ अनि तनाव हरेक लाई हुन्छ । 
त्यही कामको बाेझले अहिलेकाे पुस्तालेपरिवार आफन्त ,साथीलाई समय दिन सक्दैन । तथापि यही व्यस्त जिवनबाट अलिकति समय निकालेर नजिकैको कुनै रमणीय ,शान्त ठाउँमा सपरिवार ,साथिभाई शीत जाने हो भने जिन्दगी रक्स बन्न सक्छ ।
कामकाे थकान मेटाउने ,मानसिक ,शारीरिक विश्राम लिँदै नानी बाबु ,या साथी संगि सहित रमाउँदा काममा फेरि उर्जा सहित फर्किने , अनुहारमा उज्यालोपना बढ्ने हुन्छ । हिमाली क्षेत्र घुम्दा हिमाली वातावरणकाे जानकारी लिन सकिने,पर्यटकीय क्षेत्र ,शान्त ,प्राकृतिक वातावरणमा घुम्न जाँदा चराचुरुङ्गीकाे चिरबिर, खाेलानालाकाे कलकल आवाज ,सुर्यास्तकाे गाेधुलि साँझले मान्छेको जिवनलाई भरपुर आनन्द दिन्छ ।           काठमाडौ नजिकैको दहचाेककाे दृश्य ।                    दिउँसोको उज्यालो पाे सबैले हेर्छन् तर साँझकाे गाेधुलि उज्यालो आनन्दी मनले हेर्नुमा कति आनन्द आउँछ । अझै हिजोआजकाे प्रचण्ड गर्मीको समयमा काठमाडौं नजिकैका नगरकोट ,बनेपा ,चन्द्रागिरि ,दहचाेक जस्ता ठाउँबाट सुर्यास्त ,सुर्याेदय नियाल्दा कति रमाइलो हुन्छ । व्यस्त जीवन बाट तनावग्रस्त काम बाट अलिकति समय निकालेर साथीहरू ,परिवारलाई समय दिने हो भने परिवार ,व्यक्ति खुशी ,सुखि हुनुका साथै आन्तरिक पर्यटन बजारलाई पनि टेवा पुग्छ । दहचाेक भ्यु टावर ।


प्रकाशित : २०७९ असार २१ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप