लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरमा सुविधा सम्पन्न बसपार्ककाे उद्घाटन

सत्ति / टीकापुर बसपार्क आइतबार उद्घाटन गरिएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले एक कार्यक्रमका बिच बसपार्कको उद्घाटन गरेका हुन् । २०७७ भदौ ३ गते निर्माण कम्पनी राजेन्द्र रोयल जेभीले निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई धनगढी कार्यालय मार्फत बसपार्क निर्माण भएको थियो । बसपार्क झण्डै १५ करोड लागत लागेको हो ।
बसपार्कको उद्घाटन गर्दै नगर प्रमुख थारुले अव्यवस्थित पार्किङका कारण हुने सडक दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे । ‘नगरपालिकाले टेण्डर प्रक्रिया पूरा गरेर बसपार्क सञ्चालनमा ल्याएका छौं’ प्रमुख थारुले भने ‘अब अरु ठाउँ पनि व्यवस्थित गर्दै जानेछौं ।’
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीले अमिक्षा कन्ट्रक्सन टीकापुरलाई आगामी तीन वर्षका लागि ५५ लाख ३८ हजार २ शय ५५ रुपैयाँमा ठेक्का दिइएको बताए । उनले कन्ट्रक्सनले बसपार्कको व्यवस्थापन लगायतका काम जिम्मेवारीपुर्ण ढंगले बसपार्क व्यवस्थित गर्ने बताए ।
बसपार्क भित्र रेष्टुरेन्ट, काउण्टर, सटर, व्यवस्थित यात्रु प्रतिक्षालय लगायत रहेका छन् । बसपार्कमा बस, ट्रक, मिनी बस, हाइस, विंगर, अटोरिक्सा पार्किङ गरिनेछ ।
निर्माण कम्पनीका प्रतिनिधि भरत रावलले बसपार्कको व्यवस्थापनका लागि सिसी क्यामेरा, इन्टरनेट सुविधा नगरपालिकाले जडान गर्नुपर्ने बताए ।
टीकापुर बसपार्क बुटवल देखि पश्चिमको आधुनिक बसपार्क हो । बसपार्क सञ्चालनमा आएपछि सडक दुर्घटनामा कमी आउने बताइएको छ ।


प्रकाशित : २०७९ श्रावण १ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप