लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुरका रिक्सा चालक आन्दोलित

माेहित श्रीपाइलि ,सत्ति / टीकापुरका रिक्सा चालक आन्दोलित भएका छ्न। नगरपालिकाले एक कम्पनीलाई ठेक्कामा संचालनका लागि दिएको छ । साे कम्पनीले रिक्सा बसपार्क भित्र प्रवेश गर्न १६ रुपैयाँ ९५ पैसा प्रवेश शुल्क लाग्ने भित्र प्रवेश गरेर यात्रु नपाइने स्थिति भएकोले केहि समय सडकमा यात्रुलाई कुर्दा पनि आफुहरु बाट शुल्क असुल्ने गरेको रिक्सा चालककाे भनाइ छ ।
यात्रु पाइने निश्चित भएपछि आफुहरु बसपार्क भित्र प्रवेश गरेर शुल्क तिर्न तयार भएपनि सडकमै आएर शुल्क असुल्नेकार्य गलत भएकोले रिक्सा चालक आन्दोलित भएको बताए । स्थानीय तहको मापदण्ड अनुसार कर तिरेकाे तथापि कालोबजारीको पेट्रोल किनेर अटोरिक्सा चलाउनु पर्ने र इलेक्ट्रोनिक रिक्सा बारम्बार बत्ति जाने समस्याले चार्जिङ हुन नपाउँदा रसिद काटेर दिन भर थन्क्याएर राख्नुपर्ने अवस्था रहेको अटो चालक भरत साउँदकाे भनाइ छ ।

ठेक्काको जिम्मेवारी पाएका अमिक्षा कन्ट्रक्सनका संचालक मीन रावलले पार्किङ शुल्क उठाउन पाउने ठेक्का पाइसकेपछि बसपार्क भित्र प्रवेश नगरी सडकमा पार्किङ गरेर बस्ने रिक्सा चालक लाइ सिस्टममा आउनुस भन्दा बसपार्क भित्र कुनै रिक्सा प्रवेश नगर्ने गरेपछि कम्पनीले टीकापुर बसपार्क , सिटि बसपार्क तथा सत्ती बसपार्कको जिम्मेवारी पाएकोले आफुले लिएको ठेक्काको नियमानुसार नै रिक्सा चालक बाट शुल्क अशुल्ने गरेको बताए।


प्रकाशित : २०७९ श्रावण ३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप