लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

३ दिने क्षमता विकास तालिम सम्पन्न

धनराज शाहि,सत्ति / टिकापुर नगर स्तरीय बाल अधिकार समितिलाई बाल अधिकार ,बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र बारे तीन दिने तालिम सम्पन्न भएको छ ।

टिकापुर नगर स्तरीय स्थानीय बाल अधिकार समितिकाे आयोजनामा भएको कार्यक्रमकाे समापन कार्यक्रममा सहभागीकाे तर्फबाट विना पाैडेल र टिकापुर नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष लालविर चाैधरिले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ता लालविर चाैधरिले तालिममा सिकेका कुरा आफ्नो जीवन र वडामा लागू गर्ने प्रतिवद्दता जनाएका थिए ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि मंगल शाहले संघ संस्था सरकारलाई सहयोगी हात भएको बताए ।

बाल कल्याण संघका अध्यक्ष धनबहादुर वि. क. ले टिकापुर नगरपालिकालाई बालबालिकाकाे क्षेत्रमा समृद्ध नगर बनाउन तालिम पछि निर्माण गरेको छ महिने कार्ययोजना लागू हुनेमा विस्वास व्यक्त गरे ।
समापन कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले संघसंस्थाले स्थानीय सरकारको भारलाइ थेगेकाे बताउँदै , आउने सन्ततिलाई भविष्यकाे कर्णधार बनाउन शिक्षक,अभिभावक ,सामाजिक संघसंस्था र सरकारकाे भुमिका महत्त्वपूर्ण हुने बताए ।
बाल कल्याण संघले प्राविधिक पाटाेमा सहयोग गरेमा टिकापुर नगरपालिकाले कार्यान्वयन गर्ने बताए ।

टिकापुर लागू आैषधकाे केन्द्र भएकोले यहाँका अभिभावकले बालबालिकाकाे गतिविधिमा विशेष ख्याल गर्नुपर्नेमा जाेड दिए । यसैगरी टिकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माेहन विकले बालबालिकालाई भविष्यकाे कर्णधार बनाउनका लागि बालबालिकाकाे क्षेत्रमा आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिवद्दता जनाएका थिए । टिकापुर नगरपालिकाका कार्यक्रम बाल मैत्री कार्यक्रम बनाउन लाग्ने बताए ।


प्रकाशित : २०७९ श्रावण ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप