लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रदेश सभा समितिले गर्याे कर्णाली नदी तटको अवलोकन ,स्थानीय भन्छन् : भत्ता पचाउने मेसाे सत्ति / सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक

सत्ति / सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृति स्रोत समितिले कर्णाली, मोहना नदीले गरेको कटान र जोखिम क्षेत्रको अवलोकन गरेको छ ।

समिति सभापति हर्क कुँवरको नेतृत्वमा ७ जना प्रदेश सभा सदस्य सहभागी टोलीले टीकापुर ७ र ८, भजनी १, ३, ६ , जोशीपुर ४ वडाका नदी किनारको अवलोकन गरेको छ ।

भ्रमणपछि कर्णाली नदीमा भैरहेको तटबन्ध काम रानी जमरा कुलरिया सिचाई आयोजनाले गर्ने र तत्काल भुक्षय रोक्न सकिने स्थान र गतवर्षकै बाढीले क्षतिग्रस्त कामलाई प्रदेश सरकारले निर्माण कार्य गर्ने गरी निर्देशनात्मक प्रतिवेदन बुझाउने सभापति कुँवरले बताए ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले समिति समक्ष प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा समितिका भ्रमण भैरहे पनि नतिजा देखिने गरी काम नभएको गुनासो गरे । कुँवरले भ्रमण हुने वित्तीकै सबै काम नभए पनि केही काम प्रदेश सरकारबाट भैरहेका बताए । सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसि‌ह साउँदले सिद्धि साई निर्माण कम्पनीले समयमा काम नगर्दा वनको करिब १५ विघाहा जमिन कटान भैसकेको बताए ।

भ्रमणमा समिति प्रदेश सभा सदस्य भरत खड्का, कृष्ण सुवेदी, कुष्ण चौधरी, अक्कल रावल, महेशदत्त जोशी, अम्वी थापा सहभागी थिए । भ्रमणमा सहभागी केही माननिय परिवार र बालबालिका लिएर सहभागी भएका थिए । जसले नदि कटान क्षेत्रकाे निरिक्षण अवलोकनमा जानुभन्दा परिवार र बालबालिका शीत सेल्फि खिच्न सम्म भ्याएका थिए ।

भ्रमण दलमा सहभागी एक स्थानीयले भने यो जाेखिम क्षेत्रकाे अनुगमन नभइ बेला न कुबेला गरिएकाे अनुगमन सरकारि भत्ता पचाउने मेसाे मात्र भएको बताए ।


प्रकाशित : २०७९ श्रावण १५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप