लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नगरपालिकाकाे अन्तर कलह कहिलेसम्म ?

टीकापुर नगरपालिका राजनीतिक अड्डा बनाइने काम भएको छ । नगरपालिका अहिले आन्तरिक खिचलोमा छ । नगरपालिकामा हरेक काममा पारदर्शीता हुनुपर्छ । शक्तिको आडमा विधि मिच्ने काम चाहे जनप्रतिनिधि चाहे कर्मचारी कसैबाट हुनुहुँदैन ।
जनप्रतिनिधि या कर्मचारीले आफ्ना मान्छेलाई अवसर र सुविधा दिने प्रबृत्तिले संस्था राम्रोसंग चल्दैन । निति नियम मिचेर गरेको काममा अर्को पक्षले पनि नियम मिचेर संस्थाको दाेहन मात्र गर्ने अवस्था आउँछ । गलत कुरालाई गलत भन्न सक्ने खुबी जनप्रतिनिधिमा हुनुपर्छ नकि कर्मचारीले हरेक कुरामा नियम कानुन देखाएर नचाउन । हरेक काम भनसुनबाट होइन विधिसम्मत चल्नुपर्छ । अधिकाँश शाखा मनपरी तरिकाले चलेका छन् ।
स्वास्थ्यमा सबैभन्दा राम्रो गरेको भनिएको स्वास्थ्य शाखाको आर्थिक कामकाज नै महालेखाकाे प्रतिवेदनले छर्लङ्ग पारेको छ ।
भने अन्य शाखाको के हविगत होला । नगर प्रमखलाइ थाहै नदिइ धेरै काम हुने गरेका छन् टिकापुर नगरपालिकामा ।
मेयर उपमेयरलाई थाहै नदिइ मातहतका कर्मचारी लाई शाखा प्रमुखले सरुवा गर्छ । मेयरलाई थाहै नदिइ स्कुलमा शिक्षक आवश्यकताकाे सुचना निस्केका छन् । कमिसनका कुरा त छँदैछन् ।
यस्ता घटनाको लामै लिस्ट तयार हुन्छन् टिकापुर नगरपालिकामा । कम याेग्यता भएका कर्मचारीले चुनावमा राम्रै सहयोग गरेका जनप्रतिनिधिलाई जनप्रतिनिधिले कसरी त्रुटी देखाउने ,कसरी काममा लगाउने ,कुन साहसले कजाउने , कर्मचारीका संघ संगठनको धाक र धम्कीको भरले माथिल्लो हाकिमलाई तह लगाउने सम्मका क्षमता भएको फुर्ती दिने कर्मचारी बाट जनताले के अपेक्षा गर्ने ।
टिकापुरमा समस्या जनप्रतिनिधि र कर्मचारी बिच मात्रै होइन । निजामती र अर्का कर्मचारीमा पनि दरार र गुटबन्दी छ , आन्तरिक कलह धेरै भए पछि भटाभट कर्मचारी पनि सरुवा गरेर जाने मनसाय बनेको छ । पुरा कार्यकाल कुनै प्रमुख प्रशासकीय अधिकृतले बिताएनन् सबैलाई थाहै छ । अहिलेका हाकिमले पनि म धेरै बस्नेवाला होइन भनेर पटकपटक ध्वाँस देखाउने नगरेका होइनन् ।तथापि उनको टिकापुर बसाइँ अझै छ/ सात महिना हुनसक्छ ।
टिकापुरमा काममा भन्दा राजनीतिमा उत्रने केही कर्मचारी बाधक छन् भने त्यस्तालाई किन सरुवा नगर्ने अनी त्यसपछि पनि सुधार भएन भने किन नहटाउने । चाहे कर्मचारी चाहे जनप्रतिनीधि संग निहु खोज्ने कर्मचारीलाई टिकापुरकाे विकास चाहने कर्मचारी र जनप्रतिनिधिले पहिलोपटक राम्रोसँग सम्झाउने नमाने साइजमा ल्याउनुपर्छ ।
केही कनिष्ठ कर्मचारीलाई हामीले जे गरेपनि हुन्छ हामी स्थानीय हाैं मेरो माथि सम्म पहुँच छ भन्ने मानसिकताले काम गरिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भन्दा मेयर ,उपमेयर भन्दा आफुलाइ ठूलो ठान्ने झ्यालबाट छिरेर कर्मचारी भएका , भनसुन र शक्तिको अाडमा नाच्ने लाई सबैले चिन्न जरुरी छ । अघिल्लो आर्थिक बर्षमा ६ करोड बेरुजू छ । मनपरी खर्च भएको छ तर ठोस विकास योजना देखाउन सक्ने केही छैन । गलत लाई गलत नभन्ने अनी आफ्नो नातागोता पर्यो भने गलतलाई पनि सहि भन्ने चलनले गलत गर्नेलाई प्रोत्साहन गर्न थालेको छ । नयाँ जनप्रतिनीधि आएको केही महिना भएको छ ।अघिल्लो कार्यकाल झै काेराेना कारण देखाएर,कमिसन दिएर मनपरी गरेर खाउंला भन्ने सोच पालेका कर्मचारी अहिलेसम्म भने तिलमिलाएका छन् । मेयरले सरुवा गर्छु भन्यो , या हाकिमले कुनै काममा खटाएको ठाउँमा नगइ त्यो फलानो हाकिम काे हाे र भन्दै लामो हातको धाक लगाउने काम गर्दै हाकिम र जनप्रतिनीधिलाई घेराबन्दी हुनु राम्रो होइन । जनताले तिरेको करबाट पालिएकाहरु सच्चिन जरुरी छ । स्थानीय भएको बलमा आफ्नै नगरमा ज्यादती गरेर अनावश्यक रुपमा हाकिम लाई र जनप्रतिनिधि लाई नमानेर बाहुबलि बन्न खाेज्नु मुर्खता हो । अहिलेका प्रमुख प्रशासकीय अधिकृत पनि धेरै टाढाका होइन सुदुर पश्चिमका नै हुन । अर्थात उनी पनि स्थानीय नै हुन केही सानातिना बाेलि र व्यवहारमा देखिने दम्भ बाहेकका अरु कुरा ठिकै छ । त्यो उनमा देखिने दम्भ पदको होस या नश्लिय हो सुधार आवश्यक छ । उनी जनताको सेवक हुन शासक होइनन् ।
उनी नगरपालिकाकाे मुख्य जिम्मेवार व्यक्ति हुन युवा जाेश जाँगर भएका हाकिमले साैताकाे रिसले पाेइकाे ओछ्यानमा पिसाब फेर्ने काम नगरीकन अघि बढ्न जरुरी छ ।
आफ्नो दुनो सोझ्याउने काम गर्नु गलत हो । यसबाहेक टीकापुरको समृद्धि कसरी हुन्छ र भन्ने बारेमा सबैले चिन्ता गर्न आवश्यक छ ।
टाढाको हाकिम भनेर होस या समुदाय विशेषकाे भनेर , बाैद्दिकता या माथि सम्म पहुँच नभएकाे जनप्रतिनिधि ठानेर आफुलाई शक्तिशाली देख्ने सत्ता ,शक्ति ,पहुँचका आधारमा केही व्यक्तिले मस्ति गर्ने थलाेका रुपमा बुझेका छन् भने त्यो साेच किमार्थ गलत हो । व्यक्ति होइन दल होइन छातिमा हात राखेर टिकापुरकाे विकासका लागि साेचाैं जनप्रतिनिधि र कर्मचारीले ।


प्रकाशित : २०७९ श्रावण १७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप