सत्ती/सुदूर सन्दर्भ साप्ताहिकले विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । सुदूर सन्दर्भ साप्ताहिक १२ औँ वर्ष पुरा गरी १३ औँ मा र सुदूर सन्दर्भ डटकम १ वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा सो सहयोग गरेको हो । टीकापुर ७ सत्तीकी विपन्न परिवारकी बस्दै आएकी रिमा चौधरीको परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको साप्ताहिकका सम्पादक एवम् सुदूर सन्दर्भ डटकमका प्रवन्ध निर्देशक भिम वि.क.ले बताए ।
सो परिवारको आर्थिक अवस्था निकै कमजोर भएको थाहा पाए पछि पत्रीकाको वार्षिकोत्सवको अवसर पारेर सहयोग गरेको वि.क. बताए । चौधरीका ३ छोरा रहेका छन भने उनको जेठो छोरा समिर चौधरीलाई बोन क्यान्सर रहेको स्वास्थ्य कर्मीको भनाई छ ।
आर्थिक अवस्था नाजुक र स्वास्थ्य अवस्था पनि कमजोर हुँदा दैनिकी निकै कठिन भईरहेको अवस्थामा आफुले सहयोग पाउँदा निकै खुसी लागेको चौधरीले बताइन । खाद्यान्न अभावले के खाने भन्ने चिन्तामा रहेको थियो उनले बताइन ।
सुदूर सन्दर्भ साप्ताहिकले विगत्का वर्ष देखि आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक काम गर्दै आइरहेको छ ।