सत्ति / भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्तिको आयोजनामा पुस्तकालय दिवस मनाइएको छ । ” पढाैं- पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं” भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्तिका अध्यक्ष मनिराम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका प्रवक्ता बलिराम चौधरी प्रमुख अतिथी रहेका थिए ।
अतिथिमा टिकापुर ७ का कार्यवाहक अध्यक्ष राजकुमार चाैधरि, पुस्तकालयका पुर्व अध्यक्ष खड्क भण्डारी , रेडक्रस नारायणपुरका सभापति ताेप बहादुर केसी ,सत्ति कर्णालि सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद, सेती मैया चाैधरि मावि झुँगाका अध्यक्ष कृष्णगाेपाल चाैधरि, समाजसेवी नृप खड्का ,कर्णाली मावि सत्तिका प्रधानाध्यापक जगविर शाहले ,पत्रकार गणेश क्षेत्री लगायतले पुस्तकालयकाे महत्त्व र पुस्तकालय दिवसका बारेमा मन्तव्य राखेका थिए ।
साेहि अवसरमा टिकापुर १ बस्ने नृप खड्काले भानु पुस्तकालयलाई ३ सय ३८ थान पुस्तक प्रदान गरेका थिए । भने पुस्तकालयका अध्यक्ष मनिराम ढुंगानाले खड्का लाई प्रशंसा पत्रले सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्तिका सचिव भिम वि. क.ले गरेका थिए ।