लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुचकाङ्कमा आधारित बाढी विमा कार्यक्रमकाे अन्तरक्रिया

सत्ति / प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोग र उज्यालो बहुउद्देश्यीय सहकारी सँस्था टिकापुर ७ सत्तिको साझेदारीमा सञ्चालित “सुचाङ्कमा आधारित बाढी बिमा” कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

साे अन्तरक्रिया कार्यक्रममा प्राक्टिकल एक्सनका वातावरण तथा अनुकूलन ग्लोबल हेड काेलिन म्याकुसटेन र प्राक्टिकल एक्सन नेपालका बाढी अनुकूलन तथा बाढी विमा मापदण्ड कार्यक्रमका म्यानेजर विक्रम रानाको नेतृत्वमा अन्य विभाग प्रमुख र उज्यालो बहुउद्देश्यीय सहकारीका संचालक समिति बिच कार्यक्रम संचालन गर्दा सहकारी र बाढी विमा कार्यक्रम संचालन गर्दा आएका चुनाैति र अवसरका बारेमा छलफल भएको थियो ।

नेपालमा पहिलोपटक नमुना कार्यक्रम स्वरुप पुर्वी उज्यालो बहुउद्देश्यीय सहकारिकाे अगुवाइमा पुर्वी कैलाली र पश्चिम बर्दियाका स्थानीय तहमा यो कार्यक्रम संचालन भएको छ ।

साे कार्यक्रम कैलालीको जानकि गाउँपालिका र टिकापुर नगरपालिकाका केही वडा र बर्दिया जिल्लाका मधुवन,राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका केही वडामा लागु भएको छ ।
उज्यालो बहुउद्देश्यीय सहकारी सत्तिकाे अगुवाइमा ११ वटा सहकारी मार्फत बाढी विमा कार्यक्रम संचालनमा रहेको छ । यस वर्ष सहकारीले ९ सय ३५ घरधुरीमा विमा गरेको छ ।

प्रति कट्टा २ सय ५२ रुपैयाँमा साे विमा गरिने प्रावधान रहेको उज्यालो बहुउद्देश्यीय सहकारीका अध्यक्ष डम्बर घर्तिले जानकारी दिए ।
कर्णाली नदिमा आएको बाढीका कारण किसानको धानबाली नाेक्सान भएमा प्रति कट्ठा ३ हजार ६ सय रुपैयाँ किसानले राहत प्राप्त गर्ने घर्तीले जानकारी दिए ।


प्रकाशित : २०७९ भाद्र १८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप