लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा विजयी

सत्ति / टीकापुर उद्योग वाणिज्य संघको निर्वाचन बाट अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएका छन् । शनिबार भएको मतदान बाट पदाधिकारी तथा सदस्य दुबै प्यानल बाट चुनिएका छ्न । दुई प्यानलसहित मैदानमा उत्रिएका उम्मेदवार मध्ये मिश्रितरूपमा नेतृत्वमा पुगेका हुन् ।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सापकोटा आफ्ना निकटतम् प्रतिस्पर्धी तपेन्द्र स्वाँरलाई ७० मतले पराजित गर्दै ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार सापकोटाले खसेको कूल १ हजार ३८ मत मध्ये ४६५ मत ल्याएका छन् भने स्वाँरले ३९५ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का स्वतन्त्र प्रत्याशी राजेन्द्र शाहले १२५ मत ल्याएका छन् ।
सापकोटा र स्वाँर प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

संघको ६ पदाधिकारी मध्ये अध्यक्ष, वाणिज्य तर्फको उपाध्यक्ष र सचिवमा सापकोटा प्यानलका उम्मेदवार विजयी भएका छन् भने उद्योगतर्फको (वरिष्ठ) उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा स्वाँर प्यानलका उम्मेदवार विजयी भएका छन् ।
सापकोटा प्यानलका कृष्ण बजगाईं वाणिज्यतर्फ उपाध्यक्ष र तपेन्द्र कुँवर सचिवमा विजयी भए भने स्वाँर प्यानलबाट सन्तोष खड्का ‘बाबु’, उद्योगतर्फ उपाध्यक्ष, नवराज रिमाल महासचिव र लोकेश साउँद कोषाध्यक्षमा विजयी भएका छन् ।

घोषित अन्तिम मत परिणाम अनुसार उद्योगतर्फको उपाध्यक्षमा विजयी स्वाँर प्यानलका सन्तोष खड्का ‘बाबु’ले ४८८ मत ल्याए भने उनका प्रतिस्पर्धी सापकोटा प्यानलका जगत चौधरीले ४४३ मत ल्याएका थिए ।
त्यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा सापकोटा प्यानलका कृष्ण वजगाईं ६५० मत सहित विजयी भएका छन् । उनी आफ्ना प्रतिस्पर्धी स्वाँर प्यानल का नैनसिंह के.सी.लाई ३३५ को अन्तरले पछि पार्दै विजयी भएका हुन् भने के. सी.ले ३१५ मत ल्याएका छन् ।

महासचिवमा स्वाँर प्यानलका नवराज रिमालले ५०८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सापकोटा प्यानलका परमानन्द पाण्डेले ४४३ मत ल्याएका छन् । रिमाल र पाण्डेबीच ६५ मतको अन्तर रहेको छ । सचिवमा सापकोटा प्यानलका तपेन्द्र कुँवर ४५२ मत सहित विजयी भएका छन् । उनका निकतम् प्रतिस्पर्धी स्वाँर प्यानलका दीपेन्द्र रावलले २९२ मत ल्याए भने स्वतन्त्र उम्मेदवार प्रकाश शाहका पक्षमा २०६ मत आएको छ ।
त्यसैगरी कोषाध्यक्षमा स्वाँर प्यानलका लोकेश साउँद ३६४ मत सहित विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी सापकोटा प्यानलका हरिलाल डगौरा थारूले ३१० मत ल्याएका छन् । उता कोषाध्यक्षकै स्वतन्त्र उम्मेदवार टेकबहादुर स्वडारीले २८२ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमा पृथ्वीराज ढुंगाना, प्रकाश तिमिल्सिना, नमराज देवकोटा, दुर्गा शाहु, लालबहादुर चौधरी, बमबहादुर रावल, हंश रावल, हेमन्त रावल विजयी भएका छन् । खुला महिला सदस्य तर्फ टीका शाही र जनजाति तर्फ जितबहादुर चौधरी विजयी भएका छन् । दलित महिला सदस्य माया बागदास निर्विरोध निर्वाचित भएकी थिइन ।

कूल मतदाता संख्याः ११६३ खसेको मत १,०३८
संघको निर्वाचनमा कस–कसले कति मत ल्याए ?

अध्यक्षतर्फ
१. चक्रपाणि सापकोटा ४६५ विजयी
२. तपेन्द्रबहादुर स्वाँर ३९५
३. राजेन्द्र शाह (स्वतन्त्र) १२५
उपाध्यक्ष उद्योगतर्फ
१. सन्तोष खड्का ‘बाबु’ ४८८ विजयी
२. जगतराज चौधरी ४४३
उपाध्यक्ष वाणिज्यतर्फ
१. कृष्ण बजगाई ६५० विजयी
२. नैनसिंह के. सी. ३१५
महासचिवतर्फ
१. नवराज रिमाल ५०८ विजयी
२. परमानन्द पाण्डे ४४३
सचिवतर्फ
१. तपेन्द्र कुँवर ४५२ विजयी
२. दीपेन्द्र रावल २९२
३. प्रकाश शाह (स्वतन्त्र) २०६
कोषाध्यक्षतर्फ
१. लोकेश साउँद ३६४ विजयी
२. हरिलाल डगौरा थारू ३१०
३. टेकबहादुर स्वडारी (स्वतन्त्र) २८२


प्रकाशित : २०७९ भाद्र १९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप