📝पवित्रा सुनार,काठमाडौं
हामीले सहिराख्नु पर्नी
तिमीले हेपिरहनु पाउनु
हामी लुकिराख्नु पर्नी
तिमी देखिरहन पाउनु
तिमी संधै धारिलो हुनुपर्नी
हामी निशब्द अचानो भइरहनु
हामी संधै अँध्यारोमा बाँचेर
सबै उजायालो तिम्रो भागमा पर्नु
हामी संधै अचानो भइदिए
आफु खुकुरी भइरहन पाउनु
हामी झन झन खुम्चिरहनु
तिमी आकश जस्तै फैलिरहन पाउनु
यस्तो संरचनाका वनावटहरू
जब म मेरै आँखा सामुन्ने देख्छु
लाग्छ देशको समानतामा खोट छ
म खोटहरू पन्छाउन चाहान्छु
चाहे त्यो बाटो काँडाको हुन सक्छ
शायद त्यो ढुंगाको बाटो हुन सक्छ
याद गर्नु म सलाई हुँ
काँडाहरूमा सलाई कोरिदिन सक्छु !
प्रकाशित : २०७९ भाद्र २९ बुधबार प्रकाशित