कैलाली जिल्लामा पत्रकारिता र संचार गृहहरु सदरमुकाम र शहरमा केन्द्रित बनिरहेकाले दुर दराज ग्रामिण भेगका जनताहरुका समस्या ।सम्भावना र सवालहरु मिडियाको पहुँच भन्दा बाहिर परिरहेका थिए ।
ग्रामिण क्षेत्र बिशेष गरि जिल्लाको दक्षिणी पुर्वी क्षेत्रका जनताहरुका सवालहरु माथी वकालत गर्दै यहाँका जनताका जनजीविका , समस्या र सवाललाई उजागर गर्ने ध्येयका साथ२०६७ सालमा कैलाली जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ जिल्लाकै ग्रामिण भेग बाट नियमित प्रकाशन हुँदै आएको पहिलो सञ्चार गृह सुदूर सन्दर्भ साप्ताहिक पत्रिका हो ।
आमपाठकलाई सत्य तथ्य , सूचना दिदै स्थानीय सवालहरु माथी केन्द्रित समाचार सम्प्रेषण गर्दै राज्य , सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन कटिबद्ध र प्रतिबद्ध रहँदै आएको छ । जिल्लाको दक्षिणी सीमान्त क्षेत्रका जनताका समस्याहरुलाई उजागर गरि आफ्नो पेशागत धर्म निर्वाहमा नागरिक आवाज सदैव जिम्मेवार रहँदै आएको छ । स्थापना काल देखिनै प्रत्यक्ष जनताका सवालमा केन्द्रित यस पत्रिकाले यहाँहरु सम्पुर्ण पाठकको माया, साथ र सहयोग पाएको छ ।
पाठक, विज्ञापन दाता र शुभचिन्तकहरुकाे साथ सहयोगले हामीलाई अझ हौसला र उत्साह थपेकाे छ। आधुनिक सञ्चार जगतमा पाठकहरुलाई अझ थप छिटो छरितो र तथ्यपुर्ण सूचना सम्प्रेषण गर्न सुदूर सन्दर्भ साप्ताहिक पत्रिकाले आफ्नो संस्करणलाई डिजिटल प्रविधिका माध्यम बाट संसार भर स्थानीय मुद्दा र सवालहरुलाई उजागर गरि समस्या समाधानमा सबै सरोकारवालाको ध्यानाकर्षण गराउन सहज होस भन्ने उदेश्यले टिकापुर प्रेस इन्टरनेशनल मिडिया प्रा. लि. मार्फत हामीले sudoor sandarbha.com आधिकारिक न्युज पोर्टल पाठक समक्ष ल्याएका छौं । यस प्रयासमा पाठक , शुभचिन्तक सबैको रचनात्मक साथ , सहयोग र समर्थनको अपेक्षा गरेका छौं ।