लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगरपालिकाको अतिक्रमण हटाउने अभियान शुरु

सत्ति / टीकापुर नगरपालिकाले वडा नं. ४ मौरनियाँबाट अतिक्रमण हटाउने अभियानकाे सुरुवात आज( मंगलबार )बाट भएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अतिक्रमित सार्वजनिक जग्गा, खुल्ला क्षेत्र, चोक, चौराहा, प्रति ऐलानी जग्गा तथा तालतलैया खाली गर्न सार्वजनिक सुचना जारि गरेको थियो ।
अभियानको पहिलो दिन नगरपालिकाले वडा नं. ४ को मौरनियाँमा पदमबहादुर कठायतको माटोको चिनाई रहेको एक टहरा र नरेन्द्र बोहराको झण्डै ५ मिटर टिनको बार हटाएको छ ।
अतिक्रमित जग्गा खाली गर्ने अभियान शुरुवात भएको नगर प्रमुख रामलाल डगौरा थारु पहिलो दिन सुरक्षाकर्मी सहित पुगेका नगर प्रमुख थारुले भने आजदेखि अतिक्रमण खाली गर्ने अभियान शुरुवात भएको बताए । ‘आजदेखि शुरु गरेका छौं, जहाँ जग्गा अतिक्रमणमा छन्, त्यहाँको जग्गा खाली गराउँछौं’ नगर प्रमुख थारुले भने ‘भोलि वनगाउँको एकटोलको झण्डै ढेड विघा जग्गा खाली गर्दैछौं ।’
नगरपालिकाले वडा नं. १ देखि ९ सम्म अतिक्रमित जग्गाको तथ्यांक लिने, नापजाँच गर्ने र अतिक्रमण खाली गराउने नगर प्रमुख थारुले बताए । टिकापुर
नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना प्रकाशित गरेकाे थियो ।


प्रकाशित : २०७९ मंसिर २० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप