खक्राैला / प्रहरीले डम्पिङ गरि राखेको मल आज ( साेमबार) बरामद गरेको छ । टीकापुर – ९ माेहना नदि पारि खक्राैलाकाे एक होटल नजिकै लुकाएको अवस्थामा कालाकुण्डा आज दिउँसो साढे तीन बजे बरामद गरेको जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज डेनी स्वाँरको कमाण्डमा खटि गएको गस्ती टोलीले चेक जाँचको क्रममा माेहना नदि पुल पारि रहेको मनोज थापाको होटल पछाडी लुकाई छिपाई राखेको युरीया मल ११ कट्टा र डी.ओ.पी. मल ९ कट्टा गरी २० कट्टा मल बरामद गरेको जनाएको छ ।
बरामद गरिएको मल करिब २० हजार रुपैयाँको रहेको छ । बरामद गरिएको मल सत्ती भन्सार कार्यालयमा बुझाएको जानकारी प्राप्त भएको छ ।
पछिल्ला केही दिनयता खक्राैला लगायत आसपासका क्षेत्र बाट नेपाल प्रहरीले विना भन्सारका सामान सशस्त्र प्रहरीको नाकै अगाडि बाट दैनिक जसाे पक्राउ गर्ने गरेको देखिन्छ ।
भन्सार सुरक्षा , सिमा सुरक्षा र राजस्व संकलनकाे जिम्मेवारी पाएकाे सशस्त्र प्रहरीले नाक मुनि बाट हुने गरेकाे अवैध चाेरि निकासी थाहा नपाउनु लज्जास्पद भएको स्थानीय बासिन्दाका भनाइ छ ।