लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगर स्तरीय मेयरकप उपमेयर कप फुटबल प्रतियोगिता सम्पन्न मेयर कप विरेन्द्र र उपमेयर कप आइएमईकाे हातमा

सत्ति / गत माघ २८ गतेदेखि टीकापुरमा जारी नगरपालिकास्तरीय मेयर तथा उपमेयर कप रनिङ फुटबल प्रतियोगिता समापन भएको छ ।
उक्त मेयर कपको उपाधी साविक विजेता वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टिकापुरले हात पारेको छ । वीरेन्द्रले खड्ग स्मृति मावि टीकापुर लाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । विजेता विरेन्द्रले नगद रु. ५१ हजार सहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
दोश्रो हुने खड्ग स्मृतिले ३५ हजार नगदसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र पाएको छ । ३२ वटा विद्यालयको सहभागिता रहेको मेयरकपतर्फ युनाइटेड एकाडेमीले तेश्रो स्थान प्राप्त गरेको थियो । उसले २१ हजार नगदसहित पुरस्कार प्राप्त गरेको छ ।
आजै सम्पन्न उपमेयर कपमा टीकापुर ४ अस्नेहरी स्थित आई.एम.ई. स्कुलले कर्णाली मावि टीकापुर लाई पछि पार्दै उपाधी हात पारेको हो।
निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलको कर्णाली लाई पेनाल्टीबाट आई.एम.ई.ले जित हासिल गरेको हो । उपमेयर कपमा नगरपालिका क्षेत्रका २१ विद्यालयको सहभागिता रहेको थियो । विजेता विद्यालयले नगद रु. ५१ हजार सहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र दिइएको छ ।
प्रतियोगिताको उपविजेता कर्णाली माध्यमिक विद्यालयले ३५ हजार तथा तेस्रो हुन सफल माउण्ड सैपाल एकाडेमीले २१ हजार नगदसहित पुरस्कार प्राप्त गरेको थियो । समापन कार्यक्रममा मार्चपास तर्फ खड्ग स्मृति मावि टिकापुर प्रथम ,सन्त निरंकारि आदर्श विद्या मन्दिर टिकापुर दाेस्राे र नाेबल पब्लिक स्कुल सत्ति तेस्रो भएको घाेषणा सहित नगद प्रमाण पत्र प्रदान गरिएको थियो ।
साे कार्यक्रममा छात्र तर्फ उत्कृष्ट गाेल किपर खड्ग स्मृतिका सागर चाैधरि,उत्कृष्ट खेलाडीमा विरेन्द्रका सुवास शाही ,उत्कृष्ट गाेलकर्ता साजन बुढा ,उदियमान खेलाडी युनाइटेडका एलिस शाही,उत्कृष्ट गाेल रक्षक विरेन्द्रका किशोर कार्की लाई नगद २५०० सहित ट्रफी ,र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने छात्रातर्फ भने उत्कृष्ट डिफेन्डर आइएमइ स्कुल अस्नेहरिका सरिता शाही ,गाेल कर्ता तर्फ आइएमइ कै आकृति साउँद,गाेल रक्षकमा आइएमईकिअपेक्षा चाैधरि ,उदियमान खेलाडी तर्फ माउन्ट सैपाल एकेडेमीका उषा शाही , उत्कृष्ट खेलाडीमा कर्णाली स्कुलकि राेशनि पुरिलाई २५ सय नगद पुरस्कार ,ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियोे ।
कार्यक्रम अवधिभर प्रमुख अम्पायर ,सहायक अम्पायर लगायतका अन्य सहयोगी लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा मेयर उपमेयर कपकाे लागि भन्दा पुर्व तयारी सहित खेलमा सहभागी हुनुपर्ने ,मेयर कप फुटबल प्रतियोगिता नगरपालिकाकाे शैक्षिक क्यालेन्डर समावेश गरिनुपर्ने ,खेल स्थलमा विशेषगरी ड्रेस चेन्ज रुम र शाैचालयकाे व्यवस्था हुनुपर्नेमा वक्ताहरुले सुझाव दिएका थिए ।
टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको समापनमा विरेन्द्र विद्या मन्दिरका क्याम्पस प्रमुख हर्क भण्डारी , राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य दिपक शाही , टिकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थि, टिनपा ७ का अध्यक्ष यज्ञ न्याैपाने ,प्रमुख एम्पाएर सिद्ध ठकुल्ला र त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतले मन्तव्य राखेका थिए । भने संचालन रघु उपाध्यायले गरेका थिए ।


प्रकाशित : २०७९ फाल्गुन ७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!