सत्ति / टिकापुरको सत्तिमा बुधबार पेट्रोल पम्पकाे उद्घाटन भएको छ।
टिकापुर नगरपालिकाका प्रवक्ता बलिराम चाैधरिले एक कार्यक्रमका बिचमा उद्घाटन गरेका हुन । २०४७ साल देखि प्याक्ड डिलरका रुपमा संचालन भएको सत्ति स्थित शंकर आयल स्टाेर लाई साधारण पम्पको रुपमा स्तराेन्नति गरि संचालन गरिएको पम्पका निर्देशक विरेन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार पम्पमा १२ हजार लिटर पेट्रोल र १६ हजार लिटर डिजलको भुमिगत भण्डारण क्षमता रहेको छ । सो पम्प सञ्चालनमा आएपछि टिकापुरका दक्षिणी क्षेत्रका उपभोक्तालाई ईन्धन हाल्न सहज हुने स्थानीय विदुर कायस्थले बताए ।
पम्पमा डिजेल बिक्रीका लागि दुई र पेट्रोल बिक्रीका लागि दुईवटा मेसिन बाट एकैसाथ ईन्धन भर्न सकिने भएकोले उपभोक्तालाई समयको बचत पनि हुने कायस्थले बताए । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ ले निर्दिष्ट गरेका सबै व्यवस्था पालना गरी पम्प निर्माण गरेको शंकर आयल स्टाेरका निर्देशक शाहले बताए। विनियमावलीले तोकेको मापदण्ड अनुसार पम्प सञ्चालन गर्ने बताए ।
पम्पमा डिजिटल प्रविधिकाे मेसिन जडान गरिएको छ, जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्य बारे सहजै जानकारी पाउनेछन् उनलेे भने ।
७० लाख रुपैयाँको लागतमा पम्प संचालनमा आएको बताइएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक अगुवा , व्यापारी लगायतकाे उपस्थिति रहेको थियो ।