लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सत्तिमा पेट्रोल पम्प उद्घाटन

सत्ति / टिकापुरको सत्तिमा बुधबार पेट्रोल पम्पकाे उद्घाटन भएको छ।
टिकापुर नगरपालिकाका प्रवक्ता बलिराम चाैधरिले एक कार्यक्रमका बिचमा उद्घाटन गरेका हुन । २०४७ साल देखि प्याक्ड डिलरका रुपमा संचालन भएको सत्ति स्थित शंकर आयल स्टाेर लाई साधारण पम्पको रुपमा स्तराेन्नति गरि संचालन गरिएको पम्पका निर्देशक विरेन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार पम्पमा १२ हजार लिटर पेट्रोल र १६ हजार लिटर डिजलको भुमिगत भण्डारण क्षमता रहेको छ । सो पम्प सञ्चालनमा आएपछि टिकापुरका दक्षिणी क्षेत्रका उपभोक्तालाई ईन्धन हाल्न सहज हुने स्थानीय विदुर कायस्थले बताए ।
पम्पमा डिजेल बिक्रीका लागि दुई र पेट्रोल बिक्रीका लागि दुईवटा मेसिन बाट एकैसाथ ईन्धन भर्न सकिने भएकोले उपभोक्तालाई समयको बचत पनि हुने कायस्थले बताए । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ ले निर्दिष्ट गरेका सबै व्यवस्था पालना गरी पम्प निर्माण गरेको शंकर आयल स्टाेरका निर्देशक शाहले बताए। विनियमावलीले तोकेको मापदण्ड अनुसार पम्प सञ्चालन गर्ने बताए ।
पम्पमा डिजिटल प्रविधिकाे मेसिन जडान गरिएको छ, जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्य बारे सहजै जानकारी पाउनेछन् उनलेे भने ।
७० लाख रुपैयाँको लागतमा पम्प संचालनमा आएको बताइएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक अगुवा , व्यापारी लगायतकाे उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८० बैशाख २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप