लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बस्ती सहित दुई सरकारि कार्यालय नदि कटानकाे उच्च जाेखिममा

भिम वि. क. भजनि / कैलालीको भजनि नगरपालिका ३ काे कान्द्रा नदीको कटानबाट विद्यालय र सशस्त्र प्रहरी क्याम्प जोगाउने तटबन्ध निर्माण समयमै नहुँदा विद्यालय र सशस्त्र प्रहरीको क्याम्प जोखिममा छन । कान्द्रा नदीको कटानले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु भएको वर्षाैं बितिसक्दा पनि ठेकेदारकाे ढिलासुस्तीले जोखिम रहेको छ ।
भजनि नगरपालिका–३ कुसुमघाट स्थित दुर्गा माध्यमिक विद्यालयको भवन नजिक तटबन्ध निर्माणकाे जिम्मा लिएको साउँद निर्माण सेवाले तटबन्ध बनाउने जिम्मा लिए पनि निर्माण सम्पन्न नगर्दा बस्ती सहितका दुई कार्यालय कटानकाे उच्च जाेखिममा रहेका छन् ।
तटबन्ध नजिक सशस्त्र प्रहरी ३४ नम्बर गण अन्तरगत रहेको विअाेपि कुसुमघाटकाे भवन र दुर्गा माध्यमिक विद्यालय भवन नजिक निर्माण कम्पनीले आधा जति मात्रै काम गरेर छाडेकाे हुँदा यो वर्ष कान्द्रा नदिले सशस्त्रको र विद्यालय भवन भत्काउने अवस्थामा रहेको स्थानीय वीर बहादुर बाेहराले बताए ।
“काम गर्नेछु भनेर ठेक्का लिएर समयमै काम नगर्दा हामी चिन्तित छाैं “। स्थानीय मानबहादुर कुमालले बताए । स्थानीय सरकार, निर्माण व्यवसायी र प्रशासन जिम्मेवार नबन्दा कटानको जोखिममा दुई सरकारि कार्यालय रहेको स्थानीय को गुनासो छ । अफिस अगाडि आँगनमा नदि पुगेको छ ।तटबन्धको काम समयमा नभएकोले कटानकाे जाेखिममा विअाेपि कुसुमघाट खतरामा रहेको विअाेपि कुसुमघाटमा कार्यरत एक प्रहरीले बताए ।
तत्काल जोखिमयुक्त क्षेत्रलाई कटानबाट जोगाउन नगरपालिकाले निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्ने स्थानीय मानबहादुर कुमालकाे भनाइ छ । यसबारे निरन्तर रुपमा सम्बन्धित पक्षलाई घच्घच्यउने काम भएको भजनि नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विक्रम चाैधरिले सुदुर सन्दर्भ लाई बताए ।
तटबन्धको काम समयमै नुहुँदा बर्खायाम सुरुसँंगै दुर्गा माध्यमिक विद्यालय र विअाेपि संगै नदी किनारका बस्ती कटानको जोखिममा छन।


प्रकाशित : २०८० बैशाख २३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!