टीकापुर /शुक्रवार देखि आमरण अनशनमा बसेका केहि विद्यार्थीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । अनशन बसेका विद्यार्थीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हो ।
विभिन्न मागहरु राख्दै टिकापुर बहुमुखी क्याम्पस कानुन संकायका विद्यार्थीहरु शुक्रवार देखि अनशनमा बसेका हुन । अनशन कै क्रममा विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर भैसक्दा पनी क्यापस प्रसाशनले कुनै चासो नदेखाएको समेत उनीहरुले गुनासो व्यक्त गरेका छ्न र मागहरु पूरा नहुँदा सम्म अनशन जारी रहने उनीहरुको भनाई छ ।
एक विद्यार्थी भन्छ्न ” टीकापुर बहुमुखी क्याम्पसमा कानुन संकाय अन्तर्गत बि.ए.एल.एल.बि को पहिलो ब्याच भर्ना हुँदा बखत देखि विद्यार्थी आन्दोलनरत छन । अहिले दोस्रो ब्याच भर्ना भइसक्दा पनि समस्या उही छ । क्याम्पसको चरम लापवाही र गुणस्तरहीन शिक्षाबाट हिनताबोध गर्दै आध जति विद्यार्थीले क्याम्पस नै छोडेर हिंडे अहिले नयाँ ब्याचमा पनि 48 जना भर्ना हुनु पर्नेमा जम्मा 11/12 जना विद्यार्थी मात्र छन् । कानुन संकाय सञ्चालन गर्नको लागि न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने सम्म कोसिस नगरी क्याम्पस प्रशासन विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्दै छ । “
विद्यार्थीहरुको माग के-के हुन त ?
(1) कम्तिमा पाठ्यक्रममा उल्लेख भएका किताबहरु भएको पुस्तकालय होस ।
(2) स्नातकोत्तर गरेकोले मात्र पढाउन पाओस ।
(3) सामान्य प्राथमिक उपचारको प्रबन्ध होस ।
(4) मुटकोट हल व्यवस्था होस।