लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

अनशन बसेका विद्यार्थीको अवस्था गम्भीर , केही विद्यार्थी अस्पताल भर्ना

टीकापुर /शुक्रवार देखि आमरण अनशनमा बसेका केहि विद्यार्थीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । अनशन बसेका विद्यार्थीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हो ।

विभिन्न मागहरु राख्दै टिकापुर बहुमुखी क्याम्पस कानुन संकायका विद्यार्थीहरु शुक्रवार देखि अनशनमा बसेका हुन । अनशन कै क्रममा विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर भैसक्दा पनी क्यापस प्रसाशनले कुनै चासो नदेखाएको समेत उनीहरुले गुनासो व्यक्त गरेका छ्न र मागहरु पूरा नहुँदा सम्म अनशन जारी रहने उनीहरुको भनाई छ ।

एक विद्यार्थी भन्छ्नटीकापुर बहुमुखी क्याम्पसमा कानुन संकाय अन्तर्गत बि.ए.एल.एल.बि को पहिलो ब्याच भर्ना हुँदा बखत देखि विद्यार्थी आन्दोलनरत छन । अहिले दोस्रो ब्याच भर्ना भइसक्दा पनि समस्या उही छ । क्याम्पसको चरम लापवाही र गुणस्तरहीन शिक्षाबाट हिनताबोध गर्दै आध जति विद्यार्थीले क्याम्पस नै छोडेर हिंडे अहिले नयाँ ब्याचमा पनि 48 जना भर्ना हुनु पर्नेमा जम्मा 11/12 जना विद्यार्थी मात्र छन् । कानुन संकाय सञ्चालन गर्नको लागि न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने सम्म कोसिस नगरी क्याम्पस प्रशासन विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्दै छ । “

विद्यार्थीहरुको माग के-के हुन त ?

(1) कम्तिमा पाठ्यक्रममा उल्लेख भएका किताबहरु भएको पुस्तकालय होस ।
(2) स्नातकोत्तर गरेकोले मात्र पढाउन पाओस ।
(3) सामान्य प्राथमिक उपचारको प्रबन्ध होस ।
(4) मुटकोट हल व्यवस्था होस।


प्रकाशित : २०८० जेष्ठ १३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप