खक्राैला / सत्ति भन्सार कार्यालयका कार्यालय प्रमुख तिर्थराज पासवानको सोमबार एक कार्यक्रम काबीच विदाई गरिएको छ । कार्यालयमा आयोजित कार्यक्रममा भन्सारका कर्मचारी, भन्सार एजेन्ट र स्थानीयले उनकाे विदाई गरेका हुन् । गत चैत ५ गते सत्ति भन्सार हाजिर भएका कार्यालय प्रमुख तिर्थराज पासवानले खक्राैलामा बाहिर बाट काम गर्न अप्ठ्यारो छ भन्ने सुने पनि बाहिर भनिएको जस्तो आफुले नपाएको बताए । यहाँका सबै सराेकारवाला सकारात्मक र सहयोगी भएको उनलेे बताए ।
विदाई कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पासवानले काम गर्दा केही तितो शब्द बाेलिएता पनि राम्रो नतिजाको लागि भएको हुनसक्ने उनलेे बताए । उनलाई बारा जिल्लाकाे पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयकाे अनुसन्धान अधिकृतको जिम्मेवारीमा गएको उनलेे बताए । उहाँकाे नयाँ काम गर्ने साेच र नयाँ शैली रहेको थियो सत्ति भन्सारका नायब सुब्बा तुलसिराम चाैधरिले भने । उहाँको कामप्रतिकाे लगनशीलता योग्यता, पेसागत दक्षताका कारण उहाँलाई विभागले विस्वास गरेर राजस्व अनुसन्धान अधिकृतको जिम्मेवारी प्रदान गरिएको उनले बताए । कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर छाेटाे समयमा देखिने धेरै काम नभए पनि पक्राउ परेका सामानका लिलामि प्रक्रिया , लामो समय देखि हुन नसकेको राजस्व मुल्यांकन समितिको बैठक उनकै सक्रियतामा बसेकाे सत्ति भन्सारका नायब सुब्बा सिताराम बुढाथोकीले बताए । उहाँको कार्य कालमा राजस्व संकलन पनि पहिलेको तुलनामा बढेको बुढाथोकीले बताए ।
विदाई कार्यक्रममा प्रमुख पासवानले सहकर्मी ,स्थानीय ,सुरक्षाकर्मी र व्यापारीले साथ दिएको हुनाले छाेटाे अवधिमा केही सुधारका काम गरिएको बताए । प्रशासन सुधार, सुशासन कायम गर्नउनको इच्छाशक्तिको कारणले धेरै काम भएको स्थानीय सुरेश खड्काले बताए ।