लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाढी प्रभावित परिवारको हुलाकी मार्गमा बास

बैदि / केही दिन यता लगातार परेको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । कैलालीको टिकापुर,जानकि ,भजनी नगरपालिका अन्य स्थान भन्दा अधिक डुबानमा परेको छ । यहाँ स्थित काँडा, पथरैया, मोहना र कान्द्रा नदीको मार वर्षेनी पुर्वी कैलाली वासीले झेल्दै आएका छन् । यी मध्ये भजनी नगरपालिका वडा नं. ३ र ८ अझ अधिक डुबानमा छ ।

यि वडा अहिलेसम्म पनि पूर्णरूपमा जलमग्न छन् । भजनीमा केही दिन यता मात्रै डुबानमा परि सयौँ घरपरिवार विस्थापित भइसकेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन् ।

भजनी नगरपालिकाको तथ्याङ्क अनुसार यस वर्ष मात्रै हाल सम्म नगरपालिका भित्र तीन हजार घर परिवार पूर्णरूपमा प्रभावित भएका छन् भने एघार सय घर परिवार विस्थापित भएका छन् ।

वडा नं.३ र ८ मा मात्रै झण्डै दुई हजार परिवार प्रभावित भएका र वडा नं. ५ मा पनि दुई सय ५० घर परिवार पूर्णरुपमा प्रभावित भएका भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए । बाढी र डुबानबाट विस्थापित परिवार हुलाकी राजमार्गमा खुला आकाश मुनि पाल टाँगेर बस्न बाध्य छन् । पाल मुनिकाे बासमा कतिपय सुत्केरी र गर्भवती पनि रहेका छन् । घर भन्दा हुलाकी बाटो उच्च भएकोले आफू तीन दिन देखि बाटोमै दिनरात काटेको १ महिनाकि भजनि ८ कि सुत्केरी अनुस्का चाैधरिले बताइन् ।

तिनदिन सम्मकाे बसाइँमा कुनै निकायले आफुलाई नहेरेकाे उनलेे दुखेसो छ । वडा नं. ३ का नयाँ बस्ती र दैलेखी बस्तीका बाढी प्रभावितहरू हुलाकी राजमार्गमा आउन सक्ने स्थितिमा छैनन्। दैनिक उपभोग्य सामानका लागि डुङ्गाको प्रयोग गरिरहेका उनीहरू सपरिवार हुलाकी सडकमा आएर बस्न सक्ने स्थितिमा नरहेको स्थानीयले बताए ।

स्थानीय तह र विभिन्न संघ संस्थाकाे सहयोगमा बनेका सुरक्षित घरमा पनि बाढीपीडितले आश्रय लिएका छन् ।कैलालीका भजनीसँगै टीकापुर जाेशीपुर र कैलारी गाउँपालिकामा समेत वर्षेनी बाढीले वितण्डा मच्चाउने गरेको छ ।


प्रकाशित : २०८० श्रावण २५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप