लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर घटनाको ८ वर्ष पूरा,बालक साउँदको सालिक अनावरण

सत्ती/कैलाली स्थित टीकापुर घटनाको आठ वर्ष पूरा भएको छ। जिल्लाको टीकापुरमा थरुहट–थारुवार आन्दोलनका क्रममा भएको हिँसात्मक घटनाको आठ वर्ष पूरा भएको हो। २०७२ भदौ ७ गते थरुहट–थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। झडप हुँदा गोली लागेर एक नाबालिगको मृत्यु भएको थियो भने, आठ जना प्रहरी मारिएका थिए। गोली लागेर मृत्यु भएका टेकबहादुर साउँदको मृत्यु भएको थियो। उनको आज सालिक अनावरण गरिएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा स्थापना गरिएको टेकबहादुरको सालिक अनावरण गरिएको हो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्।

सालिक अनावरणपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन्। स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताएका छन। उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो। उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ। मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो। तर, उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ। उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए। मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन्, सालिक ल्याउन नलगाउनुस्।’

त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको आरोप लगाएका छन्। उनले भने, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो। दुभाग्र्यपूर्ण घटना घट्यो। आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो। संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो। असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो। त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे। टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ।’

उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन्। टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको तर्क चौधरीको छ।
साभार:दिनेश खबर


प्रकाशित : २०८० भाद्र ७ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!