लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन सहित ९ जना आज रिहा हुँदै

टिकापुर /  संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दाका तीन जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् । तीन ज्येष्ठ नागरिक सहित ६७० जनाको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका पनि ३ जनासहित ९ जना रिहा हुने भएका हुन् ।
टीकापुर घटना मुद्दाका रिहा हुनेमा टीकापुर –४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जनाए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलजीवन भोग्दै आएका थिए ।
त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ ।
यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो ।


प्रकाशित : २०८० आश्विन ३ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!