धनगढी / नागरिक उन्मुक्ति पार्टीको सुदुर पश्चिम प्रदेशको प्रथम अधिवेशन धनगढीमा सुरु भएको छ ।
पार्टीको प्रदेश अध्यक्ष सुनिता चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चाैधरि रहेकाे छन भने विशिष्ट अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित ,पुन्न बहादुर बुढा मगर , सुदुर पश्चिम प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरि रहेका छन् ।
अधिवेशनमा पार्टी बाट सरकारमा सहभागी विभिन्न मन्त्री ,राज्यमन्त्री ,प्रदेश सभा सदस्य , विभिन्न स्थानीय तहका प्रमुख ,उप प्रमुख तथा पार्टीका नेता र कार्यकर्ताकाे सहभागीता रहेको छ ।अधिवेशन साेमबार सम्म चल्ने नागरिक उन्मुक्ति पार्टी टिकापुरका नगर संयोजक जित बहादुर चाैधरिले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा विभिन्न झाँक्री ,नृत्य प्रस्तुत गरिएको थियो ।