खक्राैला / सिमापार बाट हुन सक्ने अपराध नियन्त्रणका बारेमा बुधबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरीको टिकापुर ९ खक्राैला विअाेविकाे आयोजनामा भएको साे कार्यक्रममा नजिकिँदै गरेको चाडपर्वकाे समयमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रणका लागि सर्वपक्षीय छलफल भएको हो ।
नजिकिँदै गरेको चाडपर्वकाे समयमा हुनसक्ने सम्भावित अपराध ,लागू अाैषध र शान्ति सुरक्षा न्युनिकरणका लागि नागरिक र सुरक्षा निकाय बिच सुचना आदानप्रदान हुनुपर्नेमा सहभागीहरुले जाेड दिएका थिए ।
लागू अाैषध ,मानव तस्करी , सिमा विवादका समस्या नागरिक र सराेकारवाला बिच छलफलपछि समाधान गर्ने निष्कर्ष भएको छलफलमा सहभागीकाे भनाइ रहेको छ ।
साे कार्यका लागि सिमा सहजिकरण समिति समेत गठन गरिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लाैटन चाैधरिकाे संयोजकत्वमा एक सिमा सहजिकरण समिति समेत गठन गरिएको छ । जस्काे सदस्यहरुमा स्थानीय क्लबका प्रतिनिधि ,संघसंस्था प्रतिनिधि ,विद्यालयका प्रतिनिधि ,पत्रकार ,नेपाल प्रहरी ,जनप्रतिनिधि रहेका छन् भने सदस्य सचिवमा सशस्त्र प्रहरी खक्राैला विअाेपिका प्रमुख डियसपि सुर्य कुमार शर्मा रहेका छन् ।
छलफलमा टिकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला, नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य भिम वि. क. खक्राैला स्थित साना हात नेपाल ,माइती नेपाल ,शान्ति पुनःस्थापना गृह , स्थानीय शिक्षक ,नागरिक समाजका अगुवाहरूकाे सहभागीता रहेको थियोे ।