सत्ति / जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी जर्मनीस्थित बर्लिन सहरमा हुन गइरहेको ११ औं ग्लोबल डायलग प्लेटफर्म सहभागी हुन हिजो साँझ जर्मनिका लागि उडेका छन् । विगतका केही वर्षहरुयता विपद्बबाट जोखिमको न्यूनिकरण तथा मानविय क्षतिलाइ शुन्यमा झार्न विश्व भरिनै विपद् पूर्वनुमानका गतिविधिले प्राथमिकता पाएको छ ।
विपद् हुन भन्दा पहिले गरिने यस्ता पर्वानुमानका सूचनाले मानविय तथा भौतिक क्षेत्रमा हुने क्षति लाइ हदैसम्म न्यूनिकरण गर्न महत्वपुर्ण भुमिका निर्बाह गर्ने उदाहरणको रुपमा जानकी गाउँ पालिकालाई लिन सकिन्छ ।
विपद्का कारण हुने मानविय क्षतिलाई शुन्यमा झार्न र जिविकोपार्जनमा हुने असरलाई कम गर्न विपद् पुर्वनुमानका सूचनाको प्रयोग गरेर गरिएका पूर्व कार्यले विपदबाट हुने असर कम गर्न ठूलो योगदान गरेको दुई वर्षको अनुभवले देखाएको पालिकाका अध्यक्ष चौधरी बताउँछन् । नेपालमा पनि हरेका वर्ष हुने विपद्का कारण हजारौ मानिस को ज्यान तथा लाखौं मानिस घरवार विहिन भइ जिविकोपार्जन साथै भौतिक संरचानाको क्षति भैरहेको छ ।
विगत केही वर्षदेखि जल तथा मौसम विज्ञान विभाग सक्रियताले मौसम पूर्वानुमानका सूचनाले विपद्को पूर्वानुमानमा ठुलो सहयोग भएको पाइन्छ ।जल तथा मौसम विज्ञान विभागले पहिलेका वर्ष मा प्रकासित गर्ने मौसम पूर्वानुमानुमानका सूचना को तुलनामा विगतका केही वर्ष यताका सूचना विश्वसनिय भएको कारणलेनै पूर्वनुमान हुन सक्ने विपद्हरुको सूचनाले गर्दा समुदायमा हुने क्षतिलाई न्यूनिकरण गर्न सहज भएको छ । जानकी गाउँ पालिकाको सहकार्यमा सन् २०२० देखि युरोपियन युनियनको वित्तिय तथा डेनिस रेडक्रसको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्धारा पूर्वानुमानमा आधारित पुर्व कार्य तथा विपद् उत्तरदायी सामाजिक सुरक्षा कार्यक्रम र सन् २०२२ देखि संचालित विपद् व्यवस्थापनका लागि सबलताको लागि सहकार्य STRONG in DRM परियोजना निरन्तररुपमा संचालन भइरहेको सोही परियोजन लागू भएसंगै जनाकी गाउँपालिकाले मौसम पूर्वानुमानका सूचनालाई समुदायसम्म संप्रेषण गरि पूर्वकार्यका गतिविधिहरु संचालन गर्नका लागि वडा तथा समुदायमा रहेका विभिन्न समुह समितिहरुलाइ परिचालन गर्ने गरेको छ । विगतका वर्षहरु भन्दा बाढीजन्य विपद्का कारण समुदायमा हुने आर्थिक तथा भौतिक क्षतिहरु न्यूनिकरण भएको जानकी गाउँपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नेत्र जैशीले बताए ।
यस वर्ष जर्मनीको बर्लिन सहरमा २०२३ अक्टोबर १० देखि १२ सम्म ११ औं ग्लोबल डायलग प्लेट फर्म हुँदै्रछ । डायलग प्लेटफर्म जर्मन सरकारको विदेश कार्यालयको सहयोगमा भइरहेको हो ।
जानकी गाउँपालिकामा हरेक वर्ष कर्णाली नदीबाट हुने बाढी जन्य विपद्का कारण हजारौ मानिसहरु प्रभावित हुने गरेका छन् ।कृषि क्षेत्रमा आश्रित यहाँका बासिन्दाहरु दैनिक आवस्यक स्रोत तथा जिविकोपार्जनका लागि नदी तथा वनजंगललाई मुख्य श्रोतको रुपमा प्रयोग गर्ने गरेका छन् । हरेक वर्ष कर्णाली नदी पथरैया नदी तथा अन्य नदी तथा खोलाहरुमा आउने बाढीका कारणले यहाँका हजारौ घरधुरी तथा हजारौं विगाहा जमिनमा उत्पादन भएका बालीनालिको नोक्सानी हुने गरेको तथ्याङ्क छ ।
जानकी गाउँपालिकामा विपद्का क्षेत्रमा कार्य विभिन्न संघसंस्थाले पालिकाको समावेसी विपद् जोखिम व्यवस्थापन निति तथा कार्यक्रस लागू गर्न सक्ने क्षमताको अभिवृद्धि तथा पालिकास्तरमा नेपाल रेडक्रस सोसाइटीले पालिकाको समन्वय तथा सहकार्यमा मौसम पूर्वनुमानमा आधारित पूर्वकार्य तथा प्रारम्भिक प्रतिकार्यका योजना तथा विभिन्न समायमा गरिएका कृतिम घटना अभ्यास का उपल्बधी सिकाईका आधारमा संघिय र प्रदेश विपद् जोखिम व्यवस्थापनको संयोजन प्रणालीको सवलिकरण तथा मौसम पुर्वनुमानका आधारमा पालिकाको समन्वय र समुदायको सहभागीतामा तयार गरिएको मौसम पूर्नुमानका आधारमा गर्न सकिने पूर्वतयारीका ढाचाँलाइ पालिकाकाले आत्मसाथ गररेर मौसम पूर्वनुमानका आधारमा गर्न सकिने पूर्व कार्यहरुलाइ लागू गरेको छ । नेपालमा विद्यमान रहेको समाजिक सुरक्षाका कार्यक्रमका लाभग्राहीको वैङ्क खाता प्रयोग गरि सन् २०२१ को बाढी बाट उच्च संकटासन्न व्यक्ति पहिचान गरि प्रभावित परिवार मध्ये १५० घर परिवार प्रारम्भिक प्रतिकार्यकामा नगद सहयोग गरेको थियो साथै गत वर्ष पालिकाले कर्णाली नदी क्षेत्रमा बसोबास गर्ने भौगाैलिक अवस्था, सामान गर्ने क्षमता तथा ती परिवारमा संकटासन्न व्यक्तिको संख्याका आधार मा सन् २०२२ मा विपद् भएको ३ देखि ७ दिन भित्र राहत व्यवस्थापन गर्न सफल र यस वर्षदेखि वडा तथा समुदायस्तरमा मौसम पूर्वनुमानका गतिविधिको संचालनका अनुभवन तथा चुनौती तथा मार्गदर्शन नेपालमै पूर्वनुमानकामा एक नमुना बन्न सफल पालिकाकारुपमा जानकी गाउँपालिका अध्यक्ष, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र डेनिश रेडक्रस प्रतिनिधि अलिना कार्की आइतबार बर्लिन गएका छन्।
सो कार्यक्रमा विभिन्न विपद्ले मानवीय क्षेत्रमा कार्यरत सस्था, मौसमविद्, वैज्ञानिक र शिक्षाविद्, सरकारी प्रतिनिधि, दाता र निर्णयकर्ताहरूलाई कसरी पूर्व कार्यहरु अघि बढाउने, नयाँ देशहरूमा यो दृष्टिकोण कसरि लागूगर्ने र थप जोखिमका लागि, र मौसम र जलवायु जन्य तथ्याङ्कको प्रयोगलाई कसरी अघि बढाउनेबारे छलफल सहित मानवीय क्षेत्रमा कार्य गर्ने सस्था, मौसमविद्, वैज्ञानिकहरू र शिक्षाविद्हरू, सरकारी प्रतिनिधि, दाता र निर्णयकर्तालाई कसरी पूर्व कार्यका गतिविधि अघि बढाउने र नयाँ देशहरूमा यस्ता नया अनवेषणहरु लागू गर्नका लागि गर्न सकिने प्रयास वारे विचार विमर्श गर्ने बताइएको छ ।