नारायणपुर/ टीकापुर –६ स्थित प्रसेनी ग्रामीण विद्युत सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष चतुर प्रसाद खनालको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक शाह र विशिष्ट अतिथि जिल्ला ग्रामिण विद्युत सहकारी संघ कैलालीका संचालक सदस्य नन्दसिंह बोहरा रहेका थिए । सहकारी
प्रमुख अतिथि शाहले तदर्थवादी सोचले भन्दा सहकारी लाई श्रम संग जोड्नुपर्ने र सहकारीले नौलोपना तर्फ जाँदै सदस्यहरुलाई संगठीत बनाएर आर्थिक उपार्जनमा जोड्दै प्रविधि मैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शेयर सदस्य जुगराम चौधरी, लक्ष्मीनारायण सहकारीका अध्यक्ष कपुरसिंह कडायतले बोलेका थिए । वार्षिक साधारण सभामा सहकारी भवनका लागी जग्गादाता कुमारराज शाही ,पुर्व अध्यक्षहरु, संस्थापक शेयर सदस्यलाई सम्मानीत गरिएको थियो । सहकारीको आर्थिक तथा प्रगती प्रतिवेदन अध्यक्ष चतुर प्रसाद खनालले प्रस्तुत गरेका थिए भने संचालन कुलराज खनालले गरेका थिए ।
चुनावी सभा भएकोले सहमति हुन नसक्दा भोली सोमबार कार्यालय समय भित्र उम्मेदवारी दर्खास्त दिन सकिने निर्वाचन मण्डलले जानकारी दिएको छ ।
हाल टीकापुर नगरपालिकामा ७७ वटा सहकारी दर्ता भएका छन् ।