लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्तिमा दशैं मिलन तथा पिकनिक स्पट उद्घाटन

सत्ति / टिकापुर -७ सत्ति स्थित सत्ति कर्णाली सामुदायिक वनले दशैंकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वनको आयोजनामा भएको दशै मिलन ,वनदेवि मन्दिरको पुजा र पिकनिक स्पटकाे उद्घाटन गरिएको छ ।
साे कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलिराम चाैधरि र विशिष्ट अतिथिमा टिकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए ।
कार्यक्रममा हरिकुमार कार्की ,नरेश्वर धमाला ,विरेन्द्र शाहले मन्तव्य राखेका थिए ।
सरकारको मुख मात्रै ताक्नु भन्दा स्थानीयले स्थानीयस्तरमा रहेका स्रोतको प्रयोग र परिचालन गर्नुपर्नेमा वक्ताले जाेड दिएका थिए । सत्ति कर्णाली सामुदायिक वन टिकापुरकाे तल्लो क्षेत्रकाे महत्त्वपूर्ण गहना भएको वक्ताहरूले बताएका थिए । वनका अध्यक्ष धनसिंह साउँदकाे अध्यक्षतामा भएको साे कार्यक्रममा उनलेे वनको डिपिआर भैसकेकोले विस्तृत विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा जाेड दिएका थिए ।
पिकनिक स्पटमा खानेपानी ,शाैचालय,धारा ,प्रतिक्षालय बनाउन टिकापुर नगरपालिका र विभिन्न वडाले सहयोग गरेको बताउँदै पिकनिक स्पटमा आवश्यक पर्नेछ सम्पुर्ण व्यवस्था भएको र वनले एक जना कर्मचारी लाई जिम्मेवारी दिएको अध्यक्ष धनसिंह साउँदले बताए ।


प्रकाशित : २०८० कार्तिक ६ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप