लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

किवानिज वन डे काे अवसरमा वृक्षारोपण सहित बालबालिकालाई स्टेसनरी र कपडा सहयोग पाँच बालबालिकाकाे पढाइमा लिने अभिभावकत्व

बैदि / बालबालिकाकाे क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था किवानिज इन्टरनेशनलकाे किवानिज वन डे विविध कार्यक्रम गरि मनाइएको छ ।
किवानिज क्लब टिकापुर ,किवानिज क्लब इसुन काठमाडौं र किवानिज क्लब जानकिकाे संयुक्त आयोजनामा भएको कार्यक्रममा टिकापुर ७ स्थित बाेर्डर लाइन पब्लिक स्कुल परिसरमा वृक्षारोपण गरिएको थियोे भने वडाको प्रतिपुरका सुस्त श्रवण शक्ति भएका अभिभावकका कमजोर अवस्था भइ जाेखिम अवस्थामा भएका ५ जना बालबालिका लाई न्यानो कपडा र स्टेसनरी र कमजोर आर्थिक अवस्था भएका पाँच जना बालबालिकालाई स्टेसनरी र पाैष्टिक आहारा स्वरुप फलफूल सहयोग गरिएको थियोे । यसैगरी जानकि गाउँपालिका वडा नं ३ कार्यालय परिसरमा पनि वृक्षारोपण गरिएको छ ।
अशोक ,गुलमाेहर र मयुर पंखि जातका विरुवा राेपिएकाे थियो । किवानिज क्लब टिकापुरले विपन्न अवस्थाका बालबालिकालाई सहयोग गर्ने कार्य सराहनीय काम भएको भन्दै टिकापुर नगरपालिका वडा नं ७ का वडा सदस्य राजकुमार चाैधरिले किवानिज बाट बालबालिका सबैका सराेकारका विषय भएको बताउँदै जनताको सेवाको लागि चयन भएका जनप्रतिनिधिलाई जिम्मेवारी महसुस भएको बताएका थिए ।
न्यानो कपडा सहयोग कार्यक्रमका अतिथि तथा निरन्जन ग्रामीण विद्युत सहकारीका अध्यक्ष नन्द बाेहराले वडा कार्यालयकाे आँखा नपुगेको ठाउँमा किवानिजकाे ध्यानाकर्षण भएकोमा खुशी व्यक्त गर्दै विपन्न अवस्थाका बालबालिकालाई सहयोग गरेकोमा सराहना व्यक्त गरे ।
किवानिज क्लबका उपाध्यक्ष भिम वि.क.ले न्यानो कपडा सहयोग गरिएका ५ जना बालबालिकालाई कक्षा दस सम्म पढाउने कामकाे अभिभावकत्व लिने प्रतिवद्धता जनाएका थिए ।


प्रकाशित : २०८० कार्तिक १२ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!