लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

पुरैना ताल अतिक्रमण हटाइ संरक्षण गरिने

जमुना न्युरे,भजनि / कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा रहेको पुरैना ताल अतिक्रमणको चपेटामा परेको छ । बसन्ता संरक्षित वन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैना तालकाे अस्तित्व नै खतरामा परेको छ। जहाँ ताल क्षेत्र खेतीयोग्य जमिन परिणत भएको छ।
पुरैना ताल पानी भएको क्षेत्र( भित्री भाग) ७९.२१ हेक्टर फैलिएको भए पनि यसको क्षेत्र धेरै ठूलो भएको स्थानीय रतन रेग्मीले बताए ।
मोहना नदिमा २०६५ सालमा आयको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८ , २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।
अहिले ताल रहेको स्थानमा स्थानीयले मनोमानी रुपमा खेती गर्दै आयका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म गहु खेती गरेका छन् ।
सो तालमा जैविक विविधता तथा चराचुरुङ्गीका लागि निकै महत्वपूर्ण रहेको छ जहाँ बसन्ता जैविक मार्गमा पर्ने ताल जहाँ भारतिय दुधुवा नेसनल पार्क , कतरिनिया (वर्ल्ड लाइफ सेन्चुरी ) बाट जङ्गलि बाट स्थल प्रा‍णी , जलचर प्रा‍णीले ओहोरदोहोर गर्ने गर्दछ्।
वर्षो देखि ओझेलमा परेको पुरैनाको विषयमा ७९.२१हेक्टरमा फैलिएको उक्त तालमा दुर्लभ र संरक्षित पंक्षि सारस , वसाई सरि आउने चरा ,अस्थाई प्रवासमा जाडाे छल्न आउने चरा , आगन्तुक पाहुना चराकाे प्राकृतिक सुरक्षित वासस्थान र प्राकृतिक आहारा चरन क्षेत्र हाे । चराकाे लागि मात्र नभएर याे पुरैना ताल पानी उद , सालक , घडियाल , कछुवा जस्ता दुर्लभ वन्यजन्तुकाे प्राकृतिक आश्रय स्थल पनि हाे।
पुरैना तालको स्थलगत शनिबार अनुगमन गर्दै कैलाली निर्वाचन क्षेत्र ३ का माननीय गंगा चौधरीले डिभिजन वन कार्यलय पहलमानपुरले पुरैना ताल पुनः निर्माणका गरेको प्रयासलाइ बर्सौ देखि खेती लगाएकालाइ स्व:स्फुर्त रुपमा जमिन छोडिन र ताल पुनःनिर्माण कार्यमा हातेमालो गर्न स्थानीयलाई आग्रह गरे , रेखांकनका लागि आफुले नापी कार्यलय कैलालीलाई करिब १० महिना अगाडि पठाएको पत्र अनुसार खटाएका कर्मचारीहरु फिल्डमा पठाउनका लागि अनुरोध पनि गरे ।
तेस्तै कैलाली जिल्ला निर्वाचन क्षेत्र ३ का प्रदेश सासद घनश्याम चौधरीले सबैको साझा सम्पती भएकाले पुरैना ताल पुन: निर्माण गरि यहाँ जैबिकता विविधताको सरक्षण हुने , प्रत्येक्ष रुपमा बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क सङ्ग जोडिने हुदा वन्यजन्तुलाई सहजरूपमा ओहोर दोहोर गर्न मिल्ने बताए ।
अनुगमन गर्दै सुदूरपश्चिम प्रदेश उधोग ,वन , वातावरण तथा पर्यटन मन्त्रालयका सचिब जिबनाथ पौडेलले पुरैना ताल पुनः निमार्णका लागि स्थानीय समुदाय , स्थानीयतहको नै महत्वपूर्ण भुमिका रहेको हुन्छ , अरुले गरिदेला भन्ने मुख ताक्नु भन्दा आफै स्वफुर्त रूपमा लाग्नु पर्ने , प्राकृतिक रुपमा रहेको ताल प्राकृतिक रुपले आयको केही बर्ष अगाडि बाढिले पुरिएको हुदा वन कार्यलय आज बल प्रयोग गरेर अतिक्रमण हटाउछ भोलि पुन अतिक्रमण हुने हुदा ताल साच्चै नै पुन निमार्ण गरि सरक्षण गरि घोडाघोडि ताल जस्तै बनाउनका लागि स्थानीय समुदायको अपनत्व र दीर्घकालीन सरक्षण हुने ताल रेखांकनका लागि नापि कार्यलय सङ्ग समन्वय गर्ने बताए । ताल अतिक्रमण हटाउनका लागि करिब दुई बर्ष अगाडि देखि वन कार्यलयले निरन्तर रूपमा स्थलगत अनुगमन, सचेतना कार्यक्रम गर्दै आयको छ , तालको केही महिना देखि निरन्तररुपमा पुरैना तालको सिमा रेखाङकन तथा निर्धारण गर्न आफुहरुले पटकपटक नापि कार्यलयलाइ पत्राचार गरियको नापी कार्यलयले करन सिंह रावतको नेतृत्वमा ६ सदस्य टोलि खटाएको पत्र पठाएको थियो। तर नापिको टोलि करिब १० महिना पुग्दा पनि फिल्डमा नपुगेको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।


प्रकाशित : २०८० कार्तिक १९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!