सत्ति / टिकापुर ८ स्थित वनगाउँमा रहेको शवदाह क्षेत्र शनिबार सरसफाइ गरिएको छ ।
नगरपालिकाकाे वडा नम्बर ७ बैदिकाे आदर्श टोल विकास संस्थाकाे आयोजनामा साे सरसफाइ कार्यक्रम भएको हो ।
साे शवदाह क्षेत्र (कर्णाली नदिमा) अन्त्येष्टिका लागि टिकापुर नगरपालिकाकाे वडा नम्बर ६ देखि ९ सम्मका नगरवासिले प्रयोग गर्ने भएकोले कसैकाे ध्यान नगएकोले टोल वासिले छलफल गरि सरसफाइ गरिएको टोल विकास संस्थाका अध्यक्ष वासुदेव काेइरालाले बताए ।
साे क्षेत्रमा प्लास्टिकका बाेतल, कपडा लगायत यत्रतत्र छरिएर ज्यादै फाेहर भएकोले सरसफाइ गरिएको हो अध्यक्ष काेइरालाले भने । सरसफाइमा सशस्त्र प्रहरी खक्राैला गुल्म ,सत्ति र कालाकुण्डा प्रहरीले पनि सहयोग गरेका थिए ।