लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कर्णाली पुल बन्द भएपछि चिसापानी सुनसान, होटल श्रमिक मर्कामा

पूर्वी नेपालको ताप्लेजुङबाट रोजगारीको सिलसिलामा जाजरकोट पुगेका १९ वर्षीय सबिन लिम्बू भुकम्पका कारण जाजरकोटको रोजगारी गुमाए । तिनै लिम्बू तीन महिना अघि मात्र सुदूरपश्चिमको पर्यटकीय क्षेत्र कर्णाली पुल रहेको चिसापानीको लुक होटलमा काम पाए ।

‘क्याप्टन वेटर’ को रूपमा लुक होटलमा काम गर्दै आएकाले उनले मासिक १२ हजार तलब र ‘टिप्स’ सहित २० हजारसम्म कमाउँदै आएका थिए । मासिक २० हजारसम्म कमाउँदै आएका सबिनको रोजगरी पुन जोखिममा परेको छ । कर्णाली पुल बन्द भएपछि चिसापानी बजार सुनसान हुँदा सबिन जस्तै चिसापानीका ८० होटलका पाँचसय भन्दा बढी होटल श्रमिकको रोजगारी जोखिममा परेको चिसापानी बजार व्यवस्थापन समितिका अध्यक्ष जनक शाही बताउँछन् ।

‘२८ गते कर्णाली पुलको आगलागीको घटनापछि पुल बन्द भएको छ । पुल बन्द भएपछि चिसापानी बजार निक्कै सुनसान बनेको छ ।’ अध्यक्ष शाहीले भने, ‘पुल बन्द भएपछि यसको सबैभन्दा बढी मार होटल व्यवसायमा परेको छ । चिसापानीमा ८० भन्दा बढी होटल छन् जसमा पाँचसय भन्दा बढी होटल श्रमिक छन् । होटल बन्द गर्नुपर्ने अवस्था आएपछी अधिकांश होटल व्यावसायीले श्रमिकलाई बिदामा राखेका छन् । होटलमा काम गर्ने पाँच सय भन्दा बढी श्रमिकको रोजगारी जोखिममा परेको छ ।’

कर्णाली पुल हुँदै दैनिक ५ सयको हाराहारीमा ओहोर दोहोर गर्ने सवारी लम्की–टीकापुर–सत्ती–राजापुरको वैकल्पिक मार्ग प्रयोग गर्न थालेपछी होटल सञ्चालकले कामदारलाई बिदामा राख्नेदेखि सटरनै बन्द गर्नेसम्म थालेका छन् । दैनिक ७० हजारसम्मको कारोबार गर्दै आएका होटल व्यावसायीको आम्दानी अहिले शुन्यमा आएपछी यस्तो गर्नुपर्ने अवस्था आएको होटल सञ्चालक बताउँछन् । ‘आगलागीको घटना अघि २५ हजारसम्मको माछा, १५ हजारसम्मको खाना, १५ हजारसम्मका पेय पदार्थ र १५ हजारसम्मकै कोठा भाडागरि दैनिक जसो ७० हजारसम्मको कारोबार हुने गरेको थियो । आठ जना कर्मचारी राखेर हामीले होटल सञ्चालन गर्दै आएका थियौं ।’ चिसापानी स्थित लुक होटलका सञ्चालक भन्छन्, ‘आगलागीका कारण कर्णाली पुल बन्द भएपछि अहिले आठ जान मध्य छ जनालाई बिदामा राखेका छौं । धेरै दिन यस्तै भयो भने होटल सञ्चालकहरूले सटर लगाउनु पर्ने अवस्था आएको छ ।’

त्यस्तै चिसापानी बजार व्यवस्थापन समितिका अध्यक्ष जनक शाहीले चैत ३ गतेसम्ममा पुल सञ्चालनमा ल्याइने जानकारी प्राप्त भएको बताए । त्यस्तैले आफूहरू चैत ३ गतेको प्रतीक्षामा रहेको समेत अध्यक्ष शाहले जानकारी दिए ।

त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं. ३ मा अध्यक्ष लव बहादुर शाहीले पनि चैत ३ गते पुल सञ्चालनमा आउने दाबि गरे । ‘आगलागीबाट कर्णाली पुलमा क्षति भएको विषयमा सम्बन्धित कार्यालय चेक जाँच भएको छ । पूर्वता जस्तै पुल सञ्चालनमा ल्याउने की केही फेरबदल गर्ने कुरामा सहमति हुँदै छ । चैत ३ गते कर्णाली पुल सञ्चालनमा आउने छ ।’ अध्यक्ष शाहीले दाबी गरे ।

यही फागुन २८ गते अपराह्न लाइटर बोकेर विराटनगरबाट कञ्चनपुर आउँदै गरेको ट्रकमा एक्कासि आगो लागेको थियो । आगो कर्णाली पुलका तारहरूमा आगो सल्किएको थियो । पुलका दाया बाँयातर्फका ७/७ वटा तारहरूमा आगो सल्किएको थियो । आगलागीको अर्को दिन बिहान अर्थात मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री क्षतिको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले पुलबाट तत्काल सवारीसाधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरे पछि कर्णाली पुलमा सवारी आवागमनमा रोक लगाइएको थियो ।

प्रज्वलनशील वस्तुहरूको ओसारपसार गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डसँग सम्बन्धित व्यवस्था नै छैन
गृह मन्त्रालयले रासायनिक पदार्थको आयात, ओसारपसार, सञ्चय प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि–२०७३ र विस्फोटक पदार्थको आयात, ओसारपसार सञ्चय र प्रयोग इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि–२०७३ बनाएको छ । तर त्यसमा सलाई, लाइटलगायत प्रज्वलनशील वस्तुहरूको ओसारपसार सम्बन्धी व्यवस्था नै छैन।


प्रकाशित : २०८० चैत्र २ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप