धनगढी :धनगढीबाट बैतडी गएको कार दुर्घटनामा परेको छ। धनगढीबाट गोकुलेश्वर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८२१ नम्बरको कार महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको खोचलेक नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा परि कार चालक बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोलाका नरेन्द्र भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का शेर बहादुर बोहरा घाइते भएका छन्। बैतडी प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ। कार दुर्घटनाको कारण खुलेको छैन। सडकबाट कार एक सय ५० मिटर तल खसेको छ।
प्रकाशित : २०८१ बैशाख १६ आईतवार प्रकाशित